यामाहाको नयाँ आर १५ एस बिक्री सुरू, ७० हजार सस्तियो मूल्य

काठमाडौं । नेपालमा यामाहा आर १५ मोटरसाइकलको सस्तो भेरियन्ट सार्वजनिक भएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडले जारी नाडा अटो शो २०२६ मा यामाहा आर १५ एस भेरियन्ट बिक्री सुरू गरेको हो ।

कम्पनीले आर १५ एस मोटरसाइकलको मूल्य ५ लाख ६९ हजार ९०० रुपैयाँ तोकेको छ । यो यसअघि बिक्री हुँदै आएको आर १५ फोर भी भेरियन्टको तुलनामा ७० हजार रुपैयाँ सस्तो हो ।

कम्पनीले नेपालमा यामाहा आर १५ को ‘भी ४’ ६ लाख ३९ हजार ९०० रुपैयाँ र एम भेरियन्ट ६ लाख ५४ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको छ ।

कम्पनीले नेपाली बजारमा आफ्नो आर १५ मोडलको लोकप्रियता बढिरहेको बेला सस्तो मूल्यमै स्पोर्टी डिजाइन खोज्ने ग्राहकलाई मध्येनजर गर्दै एस भेरियन्ट ल्याएको हो । त्यसैले यसमा केही फिचरहरू हटाइएको छ ।

सस्तो एस भेरियन्ट अन्य दुई भन्दा तुलनात्मक रूपमा व्यवहारिक र कम्फर्ट केन्द्रित स्पोर्ट डिजाइनमा छ । यसको सिट युनिबडि डिजाइनमा पाइन्छ । जसले राइडर र पछाडि बस्ने दुवैलाई सहज बनाउँछ ।

मोटरसाइकलमा इन्जिन प्रविधि भने उस्तै छ । आर १५ एसमा १५५ सीसी, सिंगल सिलिण्डर, लिक्विड कुल्ड, फोर स्ट्रोक, एलसी फोर भल्ब, एफआई बीएस ६, भीभीए, इ-२० फ्युल कम्पिटेबल सिस्टम सहितको इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम १८.४ पीएस पावर तथा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स छ ।

मोटरसाइकलमा नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, पूरा एलईडी लाइट, डुअल डिस्कब्रेक, डुअल च्यानल एबीएस, असिस्ट एण्ड स्लिपर क्लच, साइड स्ट्यान्ड इन्जिन कटअफ स्वीच, फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा मोनोक्रस लिंक सस्पेन्सन सेटअप जस्ता फिचरहरू छन् ।


Back_to_top