काठमाडौं । चीनले आफ्नो क्षेत्रमा नदी थुनिएर बनेको ताल पूर्ण रुपमा नखुलेकाले अझै भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम रहेको नेपालालई सूचना पठाएको छ ।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
‘भदौ १० गते दिउँसो १ः३० बजे चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा अझै ताल पूर्ण रूपमा नखुलेको हुँदा भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै रहेको छ,’ महाशाखाको सूचनामा भनिएको छ ।
अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहन विभागले सबैलाई अनुरोध गरेको छ ।
बुधबार बिहान तिब्बत आएको बाढीले नेपालतर्फ रसुवा, नुवाकोट, धादिङमा ठूलो धनजनको क्षति पुर्याएको छ ।


