गोल्छा ट्रष्टद्वारा उद्धार कोषमा १ करोड ११ लाख सहयोग

काठमाडौं । गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्ट’मार्फत बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

गोल्छा च्यारिटी ट्रष्टको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरिएको हो ।

उक्त आर्थिक सहयोग रकम देशका विभिन्न भागमा हालै आएको बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित समुदायहरूका लागि नेपाल सरकारद्वारा सञ्चालित आपतकालीन उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माण कार्यमा सहयोग पुग्ने ट्रष्टको विश्वास छ ।

विपद्का कारण प्रभावित सम्पूर्ण परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दै ट्रष्टले सङ्कटको यस घडीमा राष्ट्रको साथमा उभिने आफ्नो निरन्तर प्रतिबद्धता दोहोर्याएको छ ।


Back_to_top