कोरला आइपुग्यो ओरा ५ र जोलियन म्याक्स ईभी, चाँडै डेलिभरी पाउने

काठमाडौं । चीनबाट विद्युतीय सवारी आयात गर्ने प्रमुख रसुवागढी र तातोपानी नाका बन्द भएसँगै व्यवसायीहरुले धमाधम कोरलाबाट सवारी साधन आयात गर्न थालेका छन् ।

गत नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा बुकिङ लिएका ग्राहकलाई समयमै डेलिभरी दिन वैकल्पिक नाकाबाट सवारी नेपाल ल्याउन थालेका हुन् ।

यसैक्रमका, नेपालका लागि जीडब्लूएमको आधिकारिक बिक्रेता भीजी इम्पेक्सले पनि कोरला नाकाबाट विद्युतीय सवारी भित्र्याएको छ । कम्पनीले कोरला हुँदै ओरा ५ र हावाल जोलियन म्याक्स ईभी नेपाल ल्याएको हो ।

कोरलामा गाडी आइपुगेकाले अब चाँडै ग्राहकलाई डेलिभरी सुरू गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकबाट प्राप्त बुकिङहरू क्रमशः प्रशोधन भइरहेको छ । डेलिभरीको समय तालिका सम्बन्धी थप जानकारी चाँडै सार्वजनिक गर्ने भीजी इम्पेक्सले जनाएको छ ।

कम्पनीले ग्राहकलाई बुकिङदेखि डेलिभरीसम्मको प्रक्रिया सहज र व्यवस्थित बनाउनेतर्फ ध्यान केन्द्रित गरेको जनाएको छ ।

ओरा ५ र जोलियन म्याक्स ईभी दुवै मोडलले नेपाली ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ। विशेषगरी नयाँ पुस्ताको डिजाइन, विद्युतीय प्रविधि र प्रिमियम एसयूभी सेगमेन्टमा केन्द्रित यी मोडलप्रति ग्राहकको चासो बढिरहेको कम्पनीको भनाइ छ।

कम्पनीले गत नाइमा मोबिलिटी एक्स्पोमा आफ्नो दोस्रो ईभी मोडलको रुपमा हावाल जोलियन म्याक्स भिच्याएको थियो । कम्पनीले जोलियन म्याक्सको सुरूआती मूल्य ५९.९९ लाख रुपैयाँ तोकेको छ ।

जीडब्ल्यूएम नेपालले बजारमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्दै प्रिमियम तथा लक्जरी सेगमेन्टका नयाँ मोडलहरू क्रमशः भित्र्याउने तयारी समेत गरिरहेको छ।

नयाँ मोडलको विस्तारसँगै नेपाली ग्राहकलाई विश्व बजारमा उपलब्ध जीडब्ल्यूएमका आधुनिक तथा विद्युतीय प्रविधियुक्त सवारीसाधन उपलब्ध गराउने लक्ष्य रहेको छ।


Back_to_top