काठमाडौं । डिजाइन, नवप्रवर्तन र अटोमोटिभ इन्जिनियरिङमा आफ्नो निरन्तर पहिचान बनाउँदै आएको जीडब्ल्यूएम (जीडब्लूएम) का दुई मोडलले महत्वपूर्ण अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् ।
जीडब्लूएमको ओरा ५ र ट्यांक ३०० एसयूभीले २०२६ टोरिनो अटोमोटिभ डिजाइन अवाड्र्स (टीएडीए)मा महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका हुन् ।
टीएडीए २०२६ मा ओरा ५ ले पारिवारिक कार विधाअन्तर्गत ‘बेस्ट इन्टेरियर डिजाइन अवार्ड’ प्राप्त गरेको छ । त्यस्तै, ट्यांक ३०० ले प्रिमियम कार विधाअन्तर्गत ‘बेस्ट टेक्नोलोजिकल इनोभेसन अवार्ड’ जितेको छ।
यी दुई सम्मानले जीडब्लूएमका फरक-फरक मोडलमा देखिएको डिजाइन र प्रविधिको क्षमतालाई उजागर गरेका छन्। ओरा ५ ले आधुनिक र परिष्कृत विद्युतीय सवारीको डिजाइन प्रस्तुत गर्छ भने ट्यांक ३०० ले उन्नत प्रविधि, अफरोड क्षमता र बलियो इन्जिनियरिङको संयोजनलाई प्रतिनिधित्व गर्छ।
पारिवारिक कार विधामा ‘बेस्ट इन्टेरियर डिजाइन अवार्ड’ प्राप्त गरेको ओरा ५ को इन्टेरियर आराम, प्रविधि र दैनिक प्रयोगलाई केन्द्रमा राखेर डिजाइन गरिएको छ। आधुनिक डिजाइनसँग प्रविधिमैत्री ककपिटको संयोजन, सहज कनेक्टिभिटी र यात्राको आरामलाई प्राथमिकता दिइएको यसको केबिनले नयाँ पुस्ताको विद्युतीय सवारीको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ।
यो सम्मानले ओरा ५ को डिजाइन अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको छ । जहाँ स्टाइलसँगै व्यवहारिकता र प्रविधिलाई पनि समान महत्व दिइएको छ।
प्रिमियम कार विधाअन्तर्गत ‘बेस्ट टेक्नोलोजिकल इनोभेसन अवार्ड’ प्राप्त गरेको ट्यांक ३०० ले जीडब्लूएमको प्रिमियम एसयूभी तथा अफ–रोड प्रविधिमा रहेको क्षमतालाई प्रस्तुत गर्छ।
जीडब्लूएमको ट्यांक ब्रान्डअन्तर्गत विकसित ट्यांक ३०० मा प्रिमियम एसयूभीको विशेषता, उन्नत अफ–रोड प्रविधि र बलियो इन्जिनियरिङलाई एकसाथ समेटिएको छ । टीएडीए २०२६ को सम्मानले यसको प्रविधिगत नवप्रवर्तन र इन्जिनियरिङ क्षमतालाई थप अन्तर्राष्ट्रिय पहिचान दिएको छ ।
ओरा ५ र ट्यांक ३०० ले प्राप्त गरेका यी दुई फरक सम्मानले जीडब्लूएमको विश्वव्यापी पोर्टफोलियोको विविधता पनि देखाउँछन् । एकातर्फ आधुनिक विद्युतीय सवारीको डिजाइन र स्मार्ट मोबिलिटी, अर्कोतर्फ प्रिमियम एसयूभीको प्रविधि र अफ–रोड क्षमता देखाउँछ ।
नेपालमा पनि जीडब्लूएमको पोर्टफोलियो विस्तार भइरहेको अवस्थामा यी अन्तर्राष्ट्रिय सम्मानले ब्रान्डको विश्वव्यापी डिजाइन र प्रविधिगत क्षमताको थप परिचय गराउने अपेक्षा गरिएको छ।
नेपाली बजारमा विद्युतीय तथा प्रिमियम एसयूभी सेग्मेन्टमा नयाँ मोडलहरू विस्तार गर्दै आएको जीडब्लूएमले विश्वस्तरीय अटोमोटिभ प्रविधि र डिजाइन नेपाली ग्राहकसम्म र्पुयाउने दिशामा आफ्नो उपस्थिति बढाउँदै गएको छ।
नेपालमा जीडब्लूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले नेपाली ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै विभिन्न सेग्मेन्टमा जीडब्लूएमका मोडलहरू विस्तार गरिरहेको छ।
शहरी यात्राका लागि विद्युतीय सवारीदेखि कठिन भूभागका लागि सक्षम एसयूभीसम्म, जीडब्लूएमले डिजाइन, प्रविधि र ड्राइभिङ अनुभवका विभिन्न पक्षलाई समेट्दै आफ्नो विश्वव्यापी अटोमोटिभ पोर्टफोलियोलाई विस्तार गरिरहेको छ।


