कृष्णभीरमा नयाँ ट्रयाक निर्माण सम्पन्न, फ्लड लाइट जडान गरिँदै

काठमाडौं । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको नागढुंगा-मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ ।

कृष्णभीरको २७० मिटर नवनिर्मित सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सब सर्फेस ड्रेनेज निर्माण सम्पन्न भएको हो।

नागढुंगा मुग्लिङ सडक योजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका मिश्रका अनुसार सबबेस राख्ने काम पनि लगभग सकिएको छ ।

अब उक्त स्थानमा फ्लड लाइट जडान र छिटपुट काम मात्र बाँकी रहेको उनले बताए । आज दिउँसो २ बजेसम्म लाइट जडान सक्ने लक्ष्य रहेको उनको भनाइ छ ।

सडकको सबै काम आजै सम्पन्न हुने भए पनि उक्त सडक औपचारिक रुपमा भोलिदेखि संचालनमा ल्याइने उनले बताए । यद्यपि, रोकिएका सवारी साधनलाई बिहान बेलुका समय मिलाएर आवतजावत गर्न दिइरहेको उनले बताए ।

‘नयाँ ट्रयाक निर्माणको काम लगभग सकियो । अब फ्ड लाइट रराख्न बाँकी छ । सो काम दिउँसो २ बजेसम्म स्क्ने लक्ष्य छ,’ उनले मेरोअटोसँग भने, ‘अनौपचारिक रुपमा बिहान बेलुका गाडी आउजाउ गनए दिइरहेको छ । औपचारिक रुपमा भोलिदेखि दुईतर्फी सवारी संचालन गरिन्छ ।’

भोटेकोशी नदीमा आएको बाढीले भदौ १४ गते कृष्णभीरको करिब १०० मिटर सडक कटान गरेको थियो । २० गतेदेखि नयाँ ट्रयाक खोल्न थालिएको थियो ।


Back_to_top