ईभी चढ्नेले आगलागीबाट बच्न के गर्ने ? हेरौं भिडियोमा

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनमा आगलागी भएको घटना अहिले निकै चर्चामा छ । विद्युतीय कारमा आगलागीको मुख्य कारणहरू के के हुन सक्छन् भन्ने विषयमा सर्वत्र चर्चा भएको सुनिन्छ ।

चितवनमा भएको दुर्घटनापछि गाडीमा कैँची र हम्मर बोकेर हिँड्नेहरूको संख्या व्यापक बढेको छ । तर, किन ईभीमा आगलागी भयो । त्यसको कारणहरू के के हुन सक्छन् भन्ने विषयमा धेरैको ध्यान गएको देखिँदैन ।

त्यसैले ईभीमा किन आगो लाग्छ ? आगो ब्याट्रीबाट मात्रै लाग्छ कि अन्य भाग पनि अति संवदनशील हुन्छन् ? ईभीमा आगालागी हुनै नदिन के के कुरामा सहजक हुनुपर्छ ? यी र यस्तै विषयमा लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियासँग हामीले कुराकानी गरेका छौं ।

प्रस्तुत छ अटोमोबाइल सर्भिस क्षेत्रमा लामो अनुभव हासिल गरेका थपलियासँगको कुराकानी ।


Back_to_top