रोशी खोलामा यात्रु बस फस्यो

कठमाडौं । काभ्रेपलाञ्चोकको रोशी खोलामा यात्रुबस फसेको छ । रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंह जाँदै गरेको उक्त बस खोला तर्ने क्रममा फसेको हो ।

बस खोलामा केही ढल्किए पनि पल्टेको छैन । बस फसेको सूचना पाएपछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेश भकुण्डेबेशीबाट सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ ।

बसलाई डोजरको सहायताका निकाल्ने तयारी भइरहेको छ ।

बसमा यात्रुलाई सुरक्षित स्थानमा सारिएको छ भने कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।


Back_to_top