६७ लाख ९६ हजार पर्ने ‘भेन्यू एनलाइन’ नेपालमा

काठमाडौं । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२६ बाट नयाँ जेनेरेसन भेन्यू नेपालमा बुकिङ लिएको थियो । कम्पनीले रेगुलर भेन्यूसँगै यसपटक एनलाइन भर्सन पनि नेपालमा बिक्री थालेको हो ।

हुन्डाईको पर्फमेन्स सिरिजमा पर्ने एनलाइन भर्सनको केही कुराहरू विशेष हुन्छन् । स्टेयरिङमा स्पोर्टस् मोड, सिटहरूको फरक स्टिचिङ, विभिन्न स्थानमा एनलाइनको ब्याचिङ र बाहिर पनि धेरै स्थानमा रेड कलरको उसेन्टहरू प्रयोग भएको हुन्छ ।

कम्पनीले स्पोर्टी बनाउन एनलाइन सिरिजलाई कुनै कसर राखेको छैन। त्यही एनलाइन सिरिज कम्पनीले ६७ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरू भएको हो ।

त्यसैले यसलाई स्पोर्टी डिजाइन, टर्बो पेट्रोल इन्जिन र अटोमेटिक गियर बक्समा उपलब्ध फरक स्वादको भेन्यू एनलाइन भनिएको हो । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा फरक ड्राइभिङ अनुभव दिने लक्ष्यसहित यो मोडल नेपाल आएको हो ।

यसअघिको मोडलभन्दा नयाँ जेनेरेसन भेन्यू ठूलो र फराकिलो छ । यसको लम्बाइ ३९९९ एमएम, चौडाइ १८०० एमएम र उचाइ १६१५ एमएम अग्लो छ । यसमा ह्वीलबेस भने २५२० एमएम लामो छ । १९० एमएम अग्लो ग्राउण्ड क्लियरेन्सले निरन्तरता पाएको छ ।

 

भेन्यू एनलाइनको अगाडिको भागमा गाढा क्रोम ग्रिल, ट्विन हर्न एलईडी डीआरएल र क्वाड एलईडी हेडलाइट दिइएको छ । डायमन्ड कट एलोय ह्वील, सिल्भर रूफ रेल्स, विशेष सी-पिलर डिजाइन तथा पछाडिको होराइजन एलइडी टेललाइटले रेगुलर भेन्यूभन्दा एनलाइन थप आकर्षक र स्पोर्टी देखिन्छ ।

भेन्यू एनलाइनमा १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिन छ । उक्त इन्जिनले १२० पीएस पावर प्रदान गर्छ । उक्त इन्जिनलाई डीसीटी अटोमेटिक गियरबक्ससँगै प्याडल सिफ्टरले अब्बल बनाएको छ ।

यसको क्याविनमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो दिइएको छ । ८ वटा स्पिकर, स्मार्ट पावर सनरुफ, पछाडिको यात्रुको लागि डेडिकेटेड एसी जस्ता सुविधा उपलब्ध छन् ।

सुरक्षातर्फ ६ वटा एयरब्याग, एबीएस, एडास, हिल होल्ड, टीपीएमएस, इलेक्ट्रीक पार्किङ ब्रेक, सेन्सरहरूको प्रयोग, ३६० डिग्री क्यामेरा जस्ता फिचर छन् ।


Back_to_top