काठमाडौं । २३ वर्षीय युवा शाहजाद आलमले नेपालमै पेट्रोल र विद्युतीय दुवै ऊर्जाबाट चल्ने हाइब्रिड कार निर्माण गरेका छन् ।
आलमले निर्माण गरेको कारमा आवश्यकता अनुसार पेट्रोल इन्जिन र विद्युतीय मोटरबाट संचालन गर्न सकिने व्यवस्था गरिएको बताइएको छ । यसले इन्धनको खपत घटाउँदै सवारीसाधनलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने आलमको दावी छ ।

अहिलेसम्म कारको परीक्षण, विद्युत् क्षमता, इन्धन खपत तथा अन्य प्राविधिक प्रदर्शन सम्बन्धी एकिन बिबरण बाहिर आएको छैन । तर, नासा नेपाल लगायतका संघ-संस्थाले उनको उत्पादनमा चासो देखाउँदै सम्मान भने गर्न सुरु गरिसकेका छन् ।
नेपालमा वैकल्पिक ऊर्जा र विद्युतीय सवारीसाधनतर्फ चासो बढिरहेका बेला युवा आलमको यो प्रयासलाई स्थानीय प्रविधि र इन्जिनियरिङ क्षेत्रमा नयाँ सिर्जनशील पहलका रूपमा हेर्न सकिन्छ ।
सडकमै यसको प्रयोग कत्तिको सम्भब छ । त्यो एकिन साथ भन्न सक्ने अवस्था छैन ।

