काठमाडौं । इनड्राइभले नेपालमा यात्रुहरूलाई लक्षित गर्दै नयाँ प्यासेन्जर ३६० क्याम्पेन ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ सार्वजनिक गरेको छ ।
यात्रुहरूलाई भाडा निर्धारणमा छनोटको स्वतन्त्रता प्रदान गर्नुका साथै छिटो, सहज र भरपर्दो सवारी सेवा उपलब्ध गराउने इनड्राइभको प्रतिबद्धतालाई जोड दिँदै उक्त अभियान सुरू गरेको हो ।
यात्रु र चालकबीचको आपसी सहमतिमा भाडा निर्धारण गर्ने अवधारणालाई क्याम्पेनको केन्द्रमा राखिएको छ । इनड्राइभ एपमार्फत यात्रुहरूले सुझाव गरिएको भाडा हेरेर आफूले तिर्न चाहेको रकम प्रस्ताव गर्न सक्छन् ।
नजिकै रहेका चालकहरूले उक्त प्रस्ताव स्वीकार गर्न वा आफ्नोतर्फबाट वैकल्पिक भाडा प्रस्ताव गर्न सक्छन् । त्यसपछि यात्रुले प्रस्तावित भाडा, चालक आइपुग्ने अनुमानित समय, चालकको रेटिङ र सवारीसाधनका आधारमा उपयुक्त चालक छनोट गर्न सक्छन् । यात्रा सुरू हुनुअघि नै भाडा तय हुने भएकाले यात्रुहरूलाई तिर्नुपर्ने रकमबारे पूर्वजानकारी प्राप्त हुन्छ ।
क्याम्पेनले विशेषगरी दैनिक आवतजावतका क्रममा यात्रुहरूले प्राथमिकता दिने दुई पक्षलाई जोड दिएको छ, भाडाको पूर्वनिश्चितता र सवारीको छिटो उपलब्धता। एपमा चालक आइपुग्ने अनुमानित समय अग्रिम रूपमा हेर्न सकिने भएकाले यात्रुहरूले आफ्नो आवश्यकता र समयअनुसार चालक छनोट गर्न सक्छन् ।
इनड्राइभको यो प्रणालीले चालकहरूलाई समेत सवारी अनुरोध र भाडासम्बन्धी निर्णयमा स्वतन्त्रता प्रदान गर्छ । चालकहरूले आफूलाई उपयुक्त लागेका अनुरोध स्वीकार गर्न वा प्रस्तावित भाडामा असहमति भए वैकल्पिक रकम प्रस्ताव गर्न सक्छन् । यसरी यात्रु र चालक दुवैको सहमतिमा भाडा निर्धारण हुने प्रक्रियालाई क्याम्पेनले ‘दुवैको चित्त बुझ्छ’ भन्ने सन्देशमार्फत प्रस्तुत गरेको छ ।
इनड्राइभका एसिया प्यासिफिक रिजनल डाइरेक्टर मार्क टलीले प्यासेन्जर ३६० क्याम्पेन मार्फत हामी नेपालका यात्रुहरूलाई सहज, भरपर्दो र तिरेको रकम अनुसार उचित मूल्य प्राप्त हुने बताए ।
‘काठमाडौंका यात्रुहरूका लागि सवारी सेवा प्रयोग गर्दा भाडाको पूर्वजानकारी र समयमै सवारी उपलब्ध हुनु महत्त्वपूर्ण पक्ष हुन् । आपसी सहमतिमा भाडा निर्धारण गर्ने व्यवस्था इनड्राइभको सुरूवातदेखि नै प्रमुख विशेषता रहँदै आएको छ । यसले यात्रुहरूलाई भाडा छनोटमा स्वतन्त्रता दिनुका साथै चालकहरूलाई पनि आफ्नो आम्दानीसम्बन्धी निर्णयमा सहभागी हुने अवसर प्रदान गर्छ । प्यासेन्जर ३६० क्याम्पेनमार्फत हामी नेपालका यात्रुहरूलाई सहज, भरपर्दो र तिरेको रकमअनुसार उचित मूल्य प्राप्त हुने सवारी सेवा उपलब्ध गराउने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै छौँ,’ उनले भने ।
इनड्राइभकी ब्राण्ड एम्बेसडर तथा अभिनेत्री स्वस्तिमा खड्काले काठमाडौं जस्तो व्यस्त सहरमा भाडाको चिन्ता नगरी ढुक्कसँग यात्रा गर्न पाउनु आफैंमा महत्त्वपूर्ण कुरा रहेको बताइन् ।
‘इनड्राइभको मलाई मनपर्ने पक्ष भनेकै यसको पारदर्शिता हो । यहाँ यात्रा सुरू हुनुअघि नै यात्रु र चालक दुवैको सहमतिमा भाडा तय हुन्छ । यसले यात्राको अन्त्यमा भाडालाई लिएर कुनै असमझदारी हुने सम्भावना कम गर्छ । काठमाडौं जस्तो व्यस्त सहरमा भाडाको चिन्ता नगरी ढुक्कसँग यात्रा गर्न पाउनु आफैंमा महत्त्वपूर्ण कुरा हो । मेरो विचारमा ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ भन्ने सन्देशले यही आपसी सहमति र विश्वासलाई दर्शाउँछ,’ उनले भनिन् ।
यस क्याम्पेनअन्तर्गत इनड्राइभले ब्राण्ड एम्बेसडर स्वस्तिमा खड्का अभिनीत नयाँ भिडियो समेत सार्वजनिक गरेको छ । नेपाली मौलिक संस्कृति झल्काउने संगीत र स्थानीय परिवेशलाई समेटेर तयार पारिएको भिडियोमार्फत यात्रु र चालकबीचको आपसी सहमति तथा सन्तुष्टिको सन्देश प्रस्तुत गरिएको छ । नेपाली दर्शकको दैनिक जीवनशैली र सांस्कृतिक भावनासँग जोडिने गरी तयार गरिएको भिडियोले क्याम्पेनको मुख्य सन्देशलाई थप प्रभावकारी रूपमा सम्प्रेषण गर्ने अपेक्षा कम्पनीले गरेको छ ।

