काठमाडौं । भारतीय प्रिमियम इलेक्ट्रीक मोटरसाइकल निर्माता कम्पनी अल्ट्राभायोलेटले आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल एक्स ४७ को भेनम भेरियन्ट सार्वजनिक गरेको छ ।
कम्पनीले हालको एक्स ४७ मा विभिन्न फिचर अपडेट गरेर नयाँ भेनम भेरियन्ट बजारमा ल्याएको हो । कम्पनीले नयाँ भेरियन्टको मूल्य २ लाख ६५ हजार भारु तोकेर बुकिङ खुलाएको छ ।
कम्पनीका अनुसार यो मोटरसाइकलको डेलिभरी आगामी नोभेम्बरदेखि सुरू हुनेछ ।अल्ट्राभायोलेटले भीएक्स १०० भोल्ट आर्किटेक्चरमा भेनम भेरियन्ट तयार पारेको हो । यो कम्पनीको पहिलो १०० भोल्ट आर्किटेक्चरमा तयार पारेको पहिलो मोटरसाइकल हो । हाल भारतीय बजारमा सार्वजनिक भएको यो मोटरसाइकलको ग्लोबल डेब्यु भने इटालीको मिलानमा आयोजना हुने एक्मा अटो शो २०२६ मा हुनेछ ।
नेपालमा एक्स ४७ मोटरसाइकलको रेगुलर भेरियन्ट बिक्री वितरण हुँदै आएको छ । सम्भवतः नयाँ भेरियन्ट पनि आउने छ । नयाँ भेनम भेरियन्टमा भएका अपडेटका बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।
१. ३४३ किमी रेन्ज र उत्कृष्ट पर्फर्मेन्स
नयाँ भेरियन्ट एक्स ४७ भेनममा ३० किलोवाटको यूभी लाइटफ्युरी इलेक्ट्रीक मोटर दिइएको छ । यसले ४० हर्षपावर र ५५० एनएम ह्वील टर्क जेनेरेट गर्छ । यो मोटरसाइकल ०–६० किमी प्रतिघण्टाको रफ्तार मात्र २.७ सेकेण्डकमा पूरा गर्न सक्छ भने, ०–१०० मात्र ५.९ सेकेण्डमा भेटाउँछ । यसको टप स्पीड क्षमता १५५ किलोमिटर प्रतिघण्टाको छ ।
कम्पनीका अनुसार यसको ०–१०० को स्पीड हाल बजारमा उपलब्ध ४५० सीसी मोटरसाइकलभन्दा तीव्र्र छ । इन्डियन ड्राइभिङ साइकल (आईडीसी) का अनुसार यो मोटरसाइकलले एकपटकको चार्जमा ३४३ किलोमिटरसम्मको रेन्ज दिन्छ ।
२. ७७ गिगाहर्ज राडार र आधुनिक राडार असिस्टेन्स
यसमा ७७ गिगाहर्जको रियर राडार समावेश गरिएको छ, जसले ब्लाइण्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट, ओभरटेक अलर्ट र रियर कोलिजन वार्निङ जस्ता आधुनिक सेफ्टि फिचर दिएको छ । यसको राडारले २०० मिटरसम्मको दुरी कभर गर्न सक्छ भने २० डिग्रीसम्मको लिन एङ्गलमा पनि सहजै काम गर्छ । पछाडिबाट कुनै गाडी नजिकिएमा लुकिङ ग्लास र हाजार्ड लाइटमाफर्त चेतावनी दिन्छ । जुन आजकलका चल्तिका गाडीमा हुने फिचर हो । साथै यसमा अगाडि पछाडि ड्यासक्याम तथा पार्क असिस्टका लागि रियर क्यामेरा स्क्रीनमै हेर्न सकिने सुविधा छ ।
३. १२ किलोवाट डीसी फास्ट चार्जिङ र एसआरबी ११ ब्याट्री
यो मोटरसाइकलले १२ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सर्पोट गर्न । जुन भारतीय टुह्वीलर सेग्मेन्टमै पहिलो भएको कम्पनीको दाबी छ । यसमा १.६ किलोवाट अनवोर्ड चार्जर पनि उपलब्ध छ । यसमा प्रयोग गरिएको एसआरबी ११ ब्याट्री प्याकममा २० प्रतिशत बढी इनर्जी डेन्सिटी, दोब्बर कुलिङ क्षमता र ५० प्रतिशत तीव्र हिट डिसिपेशन रहेको छ ।

४. नयाँ भीएक्स १०० प्लेटफर्म
नयाँ भीएक्स १०० प्लेटफर्मका कारण यसको तौल पहिलेको तुलनामा २० केजी घटेर १८० केजी कायम भएको छ । यसको ग्राउण्ड क्लियरेन्स २०० एमएम रहेको छ । जसले अफरोड तथा कठिन भूभागमा यात्रा सहज बनाउँछ । यसको मोटर कन्ट्रोल युनिट पहिलेको भन्दा दोब्बर कम्प्याक्ट र तीन गुणा बढी पावर डेन्सिटी भएको छ । कम्पनीले अब आउने अन्य मोडलमा यही प्लेटफर्म प्रयोग गर्ने बताएको छ ।
५. ७ इन्च डिस्प्ले, भायोलेट एआई र उच्च ब्याट्री सुरक्षा
बाइकमा ७ इन्चको टीएफटी एलसीडी टचस्क्रीन दिइएको छ । जसमा यूभी इन्टरफेस एक्स सिस्टम र नेभिगेसन समावेश छ । यसमा क्रुज कन्ट्रोल, कनेक्टेड फिचर्स र ओभर–द–एयर सफ्टवेयर अपडेट उपलब्ध छन् ।
यसको ‘भायोलेट एआई’ले मुभमेन्ट, फल, टोइङ, क्र्यास अलर्ट, रिमोट लकडाउन र एन्टी–कोलिजन वार्निङ जस्ता सुरक्षा सतर्कता दिन्छ । ब्याट्री सुरक्षाका लागि माइक्रोसेकेण्डमै सर्किट बन्द गर्न सक्ने ‘पाइरो–फ्युज’, सेल–लेभल फ्युजिङ र उन्नत बीएमएस जडान गरिएको छ । अल्ट्राभायोलेटले यस मोटरसाइकलमा ८ लाख किलोमिटरसम्मको वारेन्टी समेत अफर गरेको छ ।

