भाटभटेनीले एकैपटक किन्यो १४ वटा फोटोनका विद्युतीय पिकअप

काठमाडौ । भाटभटेनी सुपरमार्केटले व्यावसायीक प्रयोजनका लागि १४ वटा फोटोनका विद्यूतीत पिकअप टीएम १ खरिद गरेको छ । एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स्ले भाटभटेनी सुपरमार्केटलाई एकैपटक १४ वटा पिकअक हस्तान्तरण गरेको हो ।

भाटभटेनी सुपरमार्केटले आफ्नो डेलिभरी गर्ने प्रयोजनक लागि अब नयाँ सवारी साधनको रुपमा इभीलाई प्रोत्साहन गर्ने योजना अनुरुप फोटोन टएम १ खरिद गरेको जनाएको छ ।

भाटभटेनी सुपरमार्केटले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारीसाधन समावेश गर्नुले व्यवसाय सञ्चालनसँगै वातावरण संरक्षणलाई पनि प्राथमिकता दिएको देखाउँछ । कम्पनीका अनुसार फोटोन टीएम १ विद्युतीय सवारीसाधन वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र भरपर्दो कार्यक्षमताका कारण व्यावसायिक ढुवानीका लागि उपयोगी विकल्प बन्नेछ ।

एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स्का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न महत्वपूर्ण योगदान पुरÞ्याउने बताए । उनले भने, ‘भाटभटेनीजस्तो लाखौँ नेपालीको विश्वास जित्न सफल संस्थासँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ । १४ वटा फोटोन टीएम १ विद्युतीय सवारीसाधनको हस्तान्तरण व्यवसायिक उपलब्धि मात्र नभई दिगो यातायातप्रतिको बढ्दो विश्वासको उदाहरण पनि हो । नेपाली व्यवसायको आवश्यकतालाई ध्यानमा राख्दै विश्वसनीय र आधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो ।’

त्यसैगरी, कार्यक्रममा बोल्दै भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकतामा राख्दै आएको बताए । उनले फोटोन मोटर्ससँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्ता पहलले नेपालका अन्य व्यवसायलाई पनि विद्युतीय सवारीसाधनको प्रयोग गर्न प्रोत्साहित गर्ने बताए ।

 


Back_to_top