नेपालले भारतका थप दुई बन्दरगाहमा पहुँच पाउने

काठमाडौं । नेपालले भारतका थप दुई बन्दरगाहमा पहुँच पाउने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतले गुजरातको काण्डलास्थित दीनदयाल र उडिसाको पारदीप बन्दरगाहामा नेपाललाई पहुँच दिन सहमत भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पारवहन व्यापारका लागि गुजरातको काण्डलास्थित दीनदयाल बन्दरगाह प्रयोगको नयाँ मार्ग उपलब्ध गराउने घोषणा गरे । साथै, उनले आवश्यक पूर्वाधार तयार भएपछि उडिसाको पारादीप बन्दरगाहमा समेत नेपाललाई पहुँच दिइने बताए ।

दुवै देशका प्रधानमन्त्रीको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा उक्त कुरा समावेस गरिएको छ ।

यसले दुई देशसँगै अन्तर्राष्ट्रिय व्यापार थप सहज हुने अपेक्षा गरिएको छ ।


Back_to_top