ट्रायल फेल भएका व्यक्तिलाई लाइसेन्स दिएको भन्दै कर्मचारीलाई अख्तियारको पत्र

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षमा अनुतिर्ण भएका व्यक्तिलाई लाइसेन्स दिने यातायात व्यवस्था विभागका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपस्थित हुन पत्र काटेको छ । 

अख्तियारले तत्कालिन यातायात व्यवस्था विभागका एकान्तकुनमा खरिदार पदमा कार्यारत भई हाल सेवा निवृत भएका युवराज खतिवडालाई ७ दिन भित्र आयोगको महाशाखामा उपस्थित हुन् सार्वजनिक सूचना जारी गरेको हो । यसअघिको सूचनामा पनि उनि उपस्थित नभएपछि अख्तियारले दोस्रो पटक सूचना जारी गरेको हो

उनी विरुद्ध अख्तियारमा प्रयोगात्मक परीक्षमा अनुतिर्ण भएको व्यक्तिलाई आर्थिक लेनदेनको आधारमा लासेन्स वितरण गरेको आरोपमा उजुरी परेको थियो ।  

अख्तियारले खतिवडालाई आवश्यक अनुसन्धानको लागि उपस्थिति हुन अनुरोध गर्दै  सूचना जारी गरेको यो दोस्रो पटक हो । तोकिएको मिति भित्र उपस्थिति नभएका कानुन बमोजिम कारबाही हुने अख्तियारले सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ ।  

यातायात व्यवस्था विभागका कर्मचारीले पद तथा शक्तिको दुरुपयोग गर्दै सेवाग्राहीसँग आर्थिक लेनदेन गर्ने गरेको भन्दै अहिले पनि विभागका कर्मचारी विरुद्ध अख्तियारमा थुप्रै उजुरी परेका छन् । 


Back_to_top