बजाजले आफ्नो चर्चित मोटरसाइकल पल्सर २२० मा नयाँ कलर अप्सन थप गरेको छ । कम्पनीले पल्सर २२० लाई ज्वालामुखी जस्तो रातो (भोल्कानीक रेड) कलर अप्सनमा ल्याएको हो ।
यसलाई निकै फरक र आकर्षक कलर भनेर भारतीय ग्राहकले सोसल मिडियामा प्रतिक्रिया दिएका छन् । यस्तोमा नेपाली बजारमा पनि पल्सरको सर्वाधिक किक्री हुने मध्यको एक मोडल २२० पल्सर नयाँ कलरमा आउने छ ।
‘नेपालमा नै पल्सर सिरिज बाइक उत्पादन हुने भएकाले नयाँ कलरमा कहिले उपलब्ध हुने भन्ने विषयमा भने अहिल्यै भन्न सकिने अवस्था छैन ।’ एचएच बजाज स्रोतले मेरोअटोसँग भन्यो ।
रातो कलरमा आएको पल्सरमा म्याट फिनिसिङ दिइएको छ भने, केही स्थानमा कालो कलरको प्रयोग गरिएको छ । बाइकको फ्रन्ट फेन्डर, फियरिङ, इन्जिन कोल र पछाडिको प्यानलमा अरेन्ज र व्ल्याक कलरले हाइलाईट गरिएको छ ।
यसमा रहेको २२० सीसी लिक्वीड कुल्ड, टुइन स्पार्क इन्जिनले ८५०० आरपीएममा २०.९३ पीएस पावर र १८.५५ एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनमा ५ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।
नयाँ कलर अप्सनमा पल्सर २२० लाई बजारमा उतारेको बजाजले अब १२५ सीसी पल्सर ल्याउने अन्तिम तयारी गरेको छ । कम्पनीले यसपछि अन्य ४ वटा नयाँ मोडल भारतीय बजारमा उतार्ने जनाएको छ ।


