बिवाइडीले अटो शोमा ३५० किलोमिटर माइलेज दिने नयाँ गाडी ल्याउने, यस्तो छ मूल्य

काठमाडौं । बिवाईडीले अटो शोमा पहिलो पटक सहभागिता जनाउँदै छ । साइमेक्स इङ्कले नेपालमा इलेक्ट्रीक कार बिक्री सुरु गरेको ४ वर्ष वितिसकेको भएपनि नाडा अटो शोमा भने पहिलो पटक सहभागिता जनाउन लागेको हो ।

पछिल्ला दिनमा इलेक्ट्रीक गाडी प्रतिको आकर्षण बढेसँगै कम्पनीहरु एकपछि अर्को इलेक्ट्रीक गाडी बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । यस्तोमा अग्रणी इलेक्ट्रीक कार उत्पादक कम्पनी पछि पर्ने कुरै भएन ।

नेपालको सरकारी निकाय र राष्ट्र प्रमुखले बिवाइडीका ई–६ मोडलका एसयूभी चढ्दै आएका छन् । कम्पनीले नाडा अटो शोमा ई–६ सहित नयाँ मोडल एम–३ सार्वजनिक गर्ने भएको छ । 

यस्तो छ नयाँ मोडल

बीवाईडीले नाडा अटो शो २०१९ मा सार्वजनिक गर्ने भएको मिनि मल्टि यूटिलिटी भेइकल ९एमपीभी० एम–३ हो । उक्त मिनि एमपीभी एम–३ गाडी ५ सिटर र ७ सिटर अप्सनमा उपलब्ध हुनेछ । कम्पनीले यसको सुरुवाती मूल्य करिब ४५ लाख रुपैयाँ पर्ने साइमेक्सले जनाएको छ । 

बीवाईडी एम–३ ले एक पटकको फूल चार्जमा ३५० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । यो गाडीको अधिकतम गति करिब १३० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ ।   


Back_to_top