यामाहा कम मूल्यको एडभेन्चर बाइक निर्माण जुटेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । एसियाली बजारमा बढ्दो एडभेन्चर बाइकको आकर्षणलाई आफुतिर तान्न कम्पनीले नयाँ एडभेन्चर बाइक बनाउने योजना अगाडि सारेको हो ।
विभिन्न रिपोर्टमा उल्लेख भएअनुसार कम्पनी एमटी १५ वेष्ड एडभेन्चर बाइक ल्याउन काम गरिरहेको छ । यदि मिडिया रिपोर्टमा उल्लेख भएअनुसार नै कम्पनीले तयारी गरेको भए आगामी इआइसीएमए (EICMA) शोमा यसलाई प्रदर्शनी गर्नेछ ।
यामाहाले पछिल्ला दिनमा एकपछि अर्को नयाँ मोडल बजारमा उतार्दै आएको छ । यस्तोमा कम्पनीले कम सीसी क्षमताको एडभेन्चर बाइक ल्याउने भएको हो भने त्यसले यामाहाका ग्राहकलाई नयाँ स्वाद प्रदान गर्नेछ ।
कम्पनीले नयाँ आउने बाइकमा कस्तो इन्जिन दिने छ वा कस्ता फिचर प्रदान गर्नेछ भन्ने विषयमा कुनै कुरा उल्लेख गरेको छैन । त्यसको लागि आगामी नोभेम्बरसम्म कुर्नु पर्ने हुन्छ ।
यामाहाको एमटी १५ भने नाडा अटो शो २०१९ बाट नेपाली बजारमा बिक्री वितरण सुरु भएकाे छ ।


