सुजुकी इन्ट्रुडर २५० सीसी इन्जिनमा आउँदै

जापानीज मोटसाइकल तथा स्कुटर निर्माता कम्पनी सुजुकीले इन्ट्रुडर २५० ग्लोबल मार्केटमा सार्वजनिक गर्ने भएको छ । हाल उत्पादन भइरहेको इन्ट्रुडर १५० मा आधारीत इन्ट्रुडर २५० सार्वजनिक गर्ने भएको हो । यसमा कम्पनी विभिन्न फिचरहरु थप गरेर ल्याउने भएको हो । यसको डिजाइन भने इन्ट्रुडर १५० कै समान रहेको छ ।

यो बाइकमा सुजुकीले हालै सार्वजनिक गरेको जिक्सर २५० एसएफ तथा जिक्सर २५० नेकेड भर्सनबाट लिइएको छ । यसमा २४९ सीसी सिगंल सिलिन्डर आयल कूल्ड इन्जिन रहेको छ । यो इन्जिनले २६.५ पीएस पावर तथा २२.६ एनएम टर्क जेनेरेट गर्छ । यो इन्जिनमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यो बाइक भारत स्ट्यान्डर्ड अनुसार रहने छ ।

सुजुकी इन्ट्रुडर २५० को फ्रन्टमा स्ट्यान्डर्ड टेलीस्कोप र्फक तथा रियरमा मोनोशक रहेको छ । एलइडी हेडल्याम्प, नयाँ डिजिटल कन्सोल, रियर तथा फ्रन्टमा डिस्क ब्रेक जस्ता फिचर रहने छ ।

यो मोटरसाइकल देल्ली अटो शो सार्वजनिक हुने अनुमान गरिएको छ । यो क्रुजर मोटरसाइकलको मूल्य १ लाख ८० हजार भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ 


Back_to_top