अटोक्षेत्रलाई विलासिता होइन, प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष चौधरी 

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रलाई विलासिताको नभई प्राथमिकताको क्षेत्रमा राख्नुपर्ने बताएका छन् ।

मेराेअटोले बुधबार आयोजना गरेको ‘अटोमोटिभ कनक्लेभ २०८१’ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अटोमोबाइलले देशको राजस्वमा सबैभन्दा ठूलो योगदान दिँदै आएकाले राज्यको प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले नेपाल अटोक्षेत्र आयातमूखी मात्र नभई पछिल्लो समय उत्पादनमुखी हुँदै गएको बताए छ । ‘हाल नेपालमै दुईँपाँग्रे, चारपाँग्रे, लुब्रिकेन्ट ब्याट्री, टायर, हेलमेट, उद्योगहरु स्थापना भएकाे छन् । भविष्मा नेपालमै उत्पादित अटो सामग्रीहरु प्रयोग गर्ने वातावरण बनाउनुपर्छ,’ उनले भने ।

सरकारले उद्योेगहरु फस्टाउने वातावरण बनाउन आवश्यक रहेको छ । अस्थिर नीति होइन, स्थिर नीति बनाई निजी क्षत्रेलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।


Back_to_top