काठमाडौं । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको हो ।
‘दुर्घटनामा परिअहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ भने, ‘दर्जनाै यात्रु हताहत भएकाले क्षतिको यकिन विवरण संकलन भइसकेको छैन ।’
कालिन्चोक दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो ।
प्रहरी र स्थानीय अहिले घाइते यात्रुको उद्धारमा गरिरहेको छन् ।


