काठमाडौं । महिन्द्राको चर्चित एसयूभी एक्सयूभी थ्री एक्सओ टेस्ट ड्राइभ गर्दा बिगसको इलेक्ट्रीक स्कुटर जित्न सकिने भएको छ ।
नेपालका लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इनकर्पोरेटले आजदेखि सुरू गरेको टेस्ट ड्राइभ क्याम्पमा यस्तो अवसर पाइने भएको हो ।
कम्पनीका अनुसार ग्राहकले एक्सयूभी थ्री एक्सो टेस्ट ड्राइभ गर्दा लक्की ड्रमार्फत बिगसको इलेक्ट्रीक स्कुटर पाउने छन् ।ग्राहकले महिन्द्रको नक्साल (गैरीधार) शोरुममा गई टेस्ट ड्राइभ बुकिङ गर्न सक्नेछन् ।
महिन्द्रा एक्सयूभी थ्री एक्सओमा १.२ लिटर एम स्टेलन टर्बोचार्ज्ड पेट्रोल इन्जिन छ । यसले २०० न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गियर छ । यसको अप्रोच एंगल २३.६ डिग्री, डिपार्चर एंगल ३९.६ डिग्रीको रहेको छ ।
यसको क्याबिनमा १०.२५ इन्चको फ्लोटिङ डिस्प्ले र १०.२५ इन्चकै टीएफटी डिस्प्ले दिइएको छ । यसमा हर्मनको अडियो सिस्टम, नयाँ स्टेरिङ ह्वील, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पर्ट मोनिटरिङ सिस्टमसँगै लेभल २ एडास फिचर पाउन सकिन्छ ।
यसमा दिइएको एडास फिचर भित्र फर्वाड कोलिजन वार्निङ, स्मार्ट पाइलट एसिस्ट, एडाप्टीभ क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, लेन डिपार्चर वार्निङ, इमर्जेन्सी ब्रेकिङ सिस्टम, ट्राफिक साइज अर्लट जस्ता फिचर छन् । साथै, ६ वटा एयरब्याग छन् ।

