काठमाडौं । एनआईसी एशिया बैंकले २१ वर्ष पुरा गरि २२ औँ वर्षमा प्रवेश गर्न लागेको अवसरमा सर्वाधिक उच्च ब्याजदरको अलवा २२ वटा चमत्कारीक विशेषताहरु रहेको बिभिन्न १५ नयाँ बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।
‘चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीहरुलाई केन्द्रित गरि ल्याईएको चमत्कारिक तलब बचत खाता जस्ता नयाँ योजना बैंकले सार्वजनिक गरेको छ ।
उपरोक्त उल्लेखित निक्षेप योजनाहरुमा ग्राहकले १५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा र १५ लाखसम्मको १८ घातक रोगहरुको बीमा तथा १ लाख ५० हजार रुपैयाँसम्मको औषधि उपचार बीमा सुविधासमेत प्राप्त गर्ने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यो चमत्कारिक बचत निक्षेप खाताहरु बैंकको मुलुकभरी रहेको आफ्ना २८१ वटै शाखा कार्यालय र अनलाइनबाट ग्राहकले सहज रुपमा बिना झन्झट खोल्न सक्नेछन् ।
बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा माथी उल्लेखित सुविधाहरुको अतिरीक्त नेपालमै पहिलो पटक स्वीप इन–स्वीप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु लिन सक्ने छन् ।
यस योजना अन्तर्गत सुन तथा चाँदीका सिक्काहरु प्रदान गर्ने योजनाकासाथ चमत्कारिक नारी वचत योजना, घरमै बैंकिङ्ग सुविधा प्रदान गर्न सक्ने थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्रसहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना तथा थप चमत्कारिक सुविधाका साथ चमत्कारिक बाबुनानी बचत योजना , चमत्कारिक बिद्यार्थी बचत योजना र आम कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा प्रदान गर्ने चमत्कारीक फाइदाहरुको साथ चमत्कारिक तलब बचत योजना बैंकले सार्वजनिक गरेको छ ।

