नाडा अटो शो २०१९ भदौ १० देखि

काठमाडौं । अटोमोबाइलको बिक्री तथा प्रदर्शनी नाडा अटो शो आगामी भदौमा हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुने नाडा अटो शो २०७६ भदौ १० देखि १५ गतेसम्म काडमाडौंमा हुनेछ । 

नाडा अटो शोमा नेपाली बजारमा उपलब्ध सवारी ब्रान्डहरुले सहभागिता जनाउने छन् । नाडा कार्यसमितिले हालै गरेको निर्णग अनुसार भदौ १० देखि नाडा अटो शो हुने भएको हो । अटो शोमा सवारीका साथै सवारी जन्य पार्टपुर्जा तथा टायर, लुब्रिकेन्ट, बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता रहने छ । 

सवारी प्रदर्शनीका साथै अटो शोमा विभिन्न अन्तरक्रिया तथा छलफल समेत हुँदै आएको छ । यसले उपभोक्ता तथा बिक्रेता दुवैलाई फाइदा हुनेछ । 


Back_to_top