काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै भोलिबाट सरकारले देशभर लकडाउन गर्ने निर्णय गरेको छ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरिय समन्वय समितिले भोलिबाट पूर्णरुपमा लकडाउनको निर्णय गरेको हो।
अब भोलि बिहान ६ बजेदेखि कुनैपनि मानिस आफ्नो घरबाट बाहिर निस्कन पाउने छैनन्। अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेकका सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने भएकाे हाे । आन्तरिक उडान समेत रोकिनेछ।
भोलिबाट सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवामा खटिने कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् ।

