रोयल इन्फिल्डले ‘क्लासिक ३५०’मा अलोय ह्वील

रोयल इन्फिल्डले क्लासिक ३५० मा कस्मेटीक र मेकानिकल परिवर्तनसँगै कम्पनीले भारतीय डिलर नेटवर्कमा नयाँ बाइक उतारेको छ । यद्यपी कम्पनीले यसको आधिकारीक बिक्री सुरु भएको घोषणा भने गरेको छैन ।

भारतीय मिडियाले सार्वजनिक गरेका तस्विरलाई हेर्दा व्ल्याक अलोय ह्वीलमा आएको क्लासिक ३५० निकै स्पोर्टी देखिएको छ । कम्पनीले यो मोटरसायकलमा भारतीय प्रदुषण मापदण्ड बीएस ६ इन्जिनमा ल्याएको छ । साथै फ्युल ट्यांकीमा नयाँ रेड तथा गोल्ड डेकल्स र इन्जिन तथा ह्विलमा मेट ब्ल्याक फिनिस दिइएको छ ।

ड्युअल च्यानल एबीएस र दुबै चक्कामा डिस्क ब्रेक रहेको मोटरसाइकलको अगाडि ट्विन फोर्क र रियर सक एब्जर्बर सस्पेन्सन दिइएको छ ।
अहिले बिक्री वितरण भइरहेको मोडल जस्तै यसमा पनि ह्यालोजन लाइटका साथ स्ट्यान्डर्ड हेडल्याम्प, टेलल्याम्प र दुई अलग सिट उपलब्ध छन् ।

३४६ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक एयरकुल्ड इन्जिनयुक्त यस मोटरसाइकलले १९.८ बीएच पावर र २८ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top