काठमाडौं । मुग्लिनबाट पोखरातर्फ जाँदा त्रिशुली नदीमाथि बनाइएको नेपालकै पहिलो ‘आर्क ब्रिज’ हिजो मंगलबारबाट सञ्चालनमा आएको छ । यद्यपी आधिकारीक उद्घाटन भने गरिएको छैन ।
नेपालले आफ्नै लगानी, प्रविधि र दक्षता प्रयोग गरी यो आर्क ब्रिज निर्माण गरेको हो । १६० मिटर लामो यो पुल राजमार्गमा बनेको पहिलो डबल लेनको आर्क ब्रिज हो ।
उक्त पुलको निर्माणको ठेक्का इलाइट एड्भेन्चर लोहनी जेभीले पाएको थियो । यो पुलको डिजाइन पनि नेपाली इन्जिनियरहरुले नै गरेका हुन् । यो पुलमा १२० मिटरको आर्कमा निर्माण गरिएको छ ।
उक्त पुल निर्माणको लागि १२ करोड रुपैयाँ लागेको सडक विभागले जनाएको छ ।


