काठमाडौं । सिप्रदी ट्रेडिङले टाटाको कारहरुको कार्निभल आयोजना गरेको छ । आज बुधबारबाट सुरु भएको यो कार्निभल अगामी शनिबारसम्म चल्नेछ ।
कार्निभलको स्पेसल अट्याक्सनको रुपमा एक्स्चेन्जको सुविधा, वेष्ट भ्यालुएसन, स्पट फाइनान्सीङ्ग, सांगीतीक कार्यक्रम, फोटोसुट, टेष्ट ड्राईभ, फुड स्टल आदिको सुविधा रहेको छ ।
‘ग्राहकलाई टाटाका पछिल्ला उत्पादनसँग जोड्न र एक्पीरियन्स गराउन कार्निभल अयोजना गरिएको हो’ सिप्रदीको प्यासेन्जर भेहिकल डिभिजन हेड सावन्तजंग सिजापतिले मेरो अटोसँग भने ।
उनकाअनुसार कम्पनीको मुख्य उद्देश्य नै ‘कनेक्टीङ एस्पिरेसन’ भएकाले परिवार सहित आएर गाडी किन्ने एउटा अवरसर ग्राहकलाई प्रदान गर्ने लक्ष्य कम्पनीले बनाएको हो ।
आजबाट सुरु भएको कार्निभलमा टाटा मोटर्सका कारहरुको टेष्ट डाइभमात्र गर्नेले पनि चलचित्र हेर्ने दुईवटा टिकट प्राप्त गर्नेछन् । साथै लक्की ड्र मार्फत भाग्यसाली ग्राहकले हुवावेको स्मार्ट फोन प्राप्त गर्ने छन् ।

टाटा मोटर्सको कार्निभलमा ग्लोबल आईएमई बैक तथा सिभिल बैंकले समेत स्टल राखेका छन् । त्यही गाडी किन्न चाहनेलाई यी बैंकले कर्जा सुविधा उपलब्ध गराउने छन् ।
कार्निभलमा कार खरिदगर्ने प्रत्येक ग्राहकहरुले युरोप ट्रिप, एप्पलको मोवाइल सेट वा ३ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्ने छन् । साथै एक वर्षको सडक दस्तुर समेत कम्पनीले तिर्ने छ । कार्निभलमा कार किन्नेले डेलिभरी लिँदासमेत थप १० हजार बरावरको सप्राइज गिफ्ट पाउन सक्ने कम्पनीले जनाएको छ ।
कार्निभलमा आफ्नो पूरानो कारसँग नयाँ एक्सचेन्ज गरेमा थप १ लाख एक्सचेन्ज बोनस पाउन सकिनेछ । साथै, कार बुकिङ्ग गर्ने १ भाग्यसाली विजेताले ३२ इन्चको सामसङ्ग टेलिभिजन र थाइल्यान्ड घुम्ने अवशर प्राप्त गर्न सक्ने छन् ।
कार्निभलमा आफ्नो कारको भ्यालुएसन गराउनेले पनि दक्षिणकाली रिसोर्टमा दुई जनालाई १ रातको निःशुल्क बस्ने व्यवस्था गराउने छ ।

