काठमाडौं । रेनो लागि नेपालको आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले नाडा अटो शो २०१९ को तयारीलाई तिब्र बनाएको छ । यसपटकको अटो शोमा कम्पनीले दुई नयाँ मोडल सार्वजनिक गर्ने भएको हो ।
भारतीय बजारमा सार्वजनिक हुने तयारीमा रहेको ट्राइवर र डष्टर फेसलिफ्ट नाडा अटाे शाेमा आउने कम्पनीले जनाएको छ ।
‘हामी ट्रायबर र डष्टर फेसलिफ्टलाई अटो शोमा देखाउने तयारी गरेका छौं, हेरौं ति गाडीले अटो शोमा अवलोकनकर्तालाई कसरी तान्नेछ’ कम्पनीका प्रवन्ध निर्देशक निकुञ्ज अग्रवालले मेरोअटोसँग भने ।
कम्पनीले यी बाहेक रेगुलर बिक्री वितरण गरिरहेको मोडल क्याप्चर र क्वीडलाई पनि अटो शोमा विशेष प्राथमिकतामा राख्ने योजना बनाएको छ ।
रेनोले ल्याउने तयारी गरेको ट्राइबर ५ र ७ सिटर अप्सनमा उपलब्ध हुने छ भने कारमा ५ स्पीड म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसन दिइएको छ । यसमा दिइएको १.० लिटर ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ९० बीएच पावरका साथै ११० एनएम टर्क उत्पादन गर्छ । यसको लम्बाई ४ मिटरभन्दा कम रहेको छ ।
ट्राइबरमा फ्रन्ट डुअल एयरब्यग, हाइ स्पीड वार्निङ, रिभर्स पार्किङ सेन्सर, एबीएसलगायत सुरक्षा विशेषता दिएको छ ।
त्यसैगरी, कम्पनीको सर्वाधिक चर्चित मोडल डस्टरको फेसलिफ्ट मोडलमा रि–डिजाइन हेडल्याम्प र ग्रिल दिइएको छ । उक्त एसयूभीमा एलईडी डीआरएल र प्रोजेक्टर हेडल्याम्प, नयाँ डिजाइन गरिएको अलोय ह्वीललगायत विशेषता समेटिएको छ । फ्रन्ट बम्परमा पनि निकै ठूलो परिवर्तन गरिएको छ ।
यसको रुपमा परिर्वतन ल्याउन नयाँ रुफ रेल्स, फेसलिफ्टमा नयाँ सिट फेब्रिक, अपडेटेड इन्फोटेन्टमेन्ट सिस्टम, लगाएतका फिचर छन् ।
सुरक्षाको लागि यसमा डुअल फ्रन्ट एयर ब्याग, स्पीड वार्निङ, र एबीएस सबै भेरियन्टमा समावेस गरिएको कम्पनीले जानकारी दिएको छ । यो मोडल पनि पुरानो मोडलमा दिएजस्तै १.५ लिटर पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध हुनेछ ।
नाडा अटो शो २०१९ आगामी भदौ १० गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटी मन्डपमा आयोजना हुनेछ ।

