मारुती सुजुकीले आगामी अक्टोबरमा इग्नीशको फेसलिफ्ट भर्सन सार्वजनिक गर्ने भएको छ । कम्पनीले अल न्यु इग्नीश मोडल २०१७ मा बजारमा लएको थियो । भारतमा सार्वजनिक हुन लागेको फेसलिफ्ट भर्सनमा न्यु बम्पर, ग्रिलसँगै न्यु फेब्रिक र ड्याशबोर्ड दिइएको छ ।
इग्नीशको फेसलिफ्टमा आकर्षक इन्फोटेनमेन्ट सिस्टम, न्यु स्मार्ट प्ले स्टुडियो सिस्टमसँगै एलइडी प्रोजेक्टर हेडल्याम्प विथ एलइडी डिआरएलएसको विशेषता दिइएको कम्पनीले जनाएको छ ।
कम्पनीले यसलाई पेट्रोल र डिजेल दुई इन्जिन अप्सनमा ल्याउने तयारी गरेको जनाएको छ । यसमा १.२ लिटर के सिरीज फोर सिलिन्डर इन्जिन दिइएको छ भने, उक्त इन्जिनले ६ हजार आरपीएममा ८२ बीएचपी पावरका साथै ४२ सय आरपीएममा ११३ एनएम टर्क उत्पादन गर्छ ।
यसको इन्जिनमा ५ स्पीड म्यानुअलसँगै ५ स्पीड एएमटी अटोमेटिक ट्रान्समिसन लगाइएको छ । हाईस्पीड अलर्ट, एबीएस, इबीडी जस्ता विशेषताले कारलाई निकै सुरक्षीत बनाएको छ ।
कम्पनीले यस मोडलमा अल न्यु वागेन आर र बलेनो फेसलिफ्टमा उपलब्ध अधिकांश विशेषत समेटेको जनाएको छ ।

