उच्च ग्राउण्ड क्लियरेन्स भएका १० इलेक्ट्रीक एसयूभी (मूल्यसहित)

काठमाडौं । विद्युतीय गाडी किन्ने मानिसले सबैभन्दा पहिला सोध्ने प्रश्न भनेकै ब्याट्री साइज कति हो ? त्यसपछिको स्वभाविक दोस्रो प्रश्न ग्राउण्ड क्लियरेन्स कति छ ?

यी दुई प्रश्नको चित्त बुझ्दो जवाफ नआएसम्म कुनै पनि गाडी खरिदकर्ताले ईभी किन्दैन । त्यसैले पछिल्ला दिनमा एकपछि अर्को उच्च ग्राउण्ड क्लियरेन्स भएका ईभीहरू ल्याउन थालिएको छ ।

अधिकांश गाडी बिक्रेताले ग्राउन्ड क्लियरेन्सलाई ‘हाइलाइट’ गरेर नै विज्ञापन समेत गर्ने गरेका छन् । सुरूवाती दिनमा १५० देखि १७५ एमएमसम्म ग्राउण्ड क्लियरेन्स भएका ईभी उपलब्ध थिए । तर, बजार मागसँगै कतिपय चिनियाँ उत्पादकले नेपालको लागि मात्रै भए पनि ग्राउन्ड क्लियेन्स बढाएर पठाएको दाबी बिक्रेताहरूले गर्ने गरेका छन् ।

अहिले दर्जनौं ब्राण्डका विद्युतीय एसयूभी बजारमा उपलब्ध भइसकेका छन् । यस्तोमा हामीले उच्च ग्राउण्ड क्लियरेन्स भएका विद्युतीय एसयूभीकोहरूको बारेमा यहाँ चर्चा गरेका छौं ।

१. एलईभी ०१

चिनियाँ उत्पादन एलईभी ०१ एसयूभीमा २१० एमएम ग्राउण्ड क्लियरेन्स दाबी गरेर नेक्सन भेन्चर प्रालिले बिक्री गर्दै आएको छ । एलईभी-०१ एसयूभीको एसई भेरियन्टको मूल्य ६१ लाख ९५ हजार र सीइ भेरियन्टको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ छ ।

२. महिन्द्रा बीई सिक्स

महिन्द्राको फ्यूचरस्टीक डिजाइनमा तयार भएको कम्प्याक्ट एसयूभी बीई सिक्समा २०७ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेको छ । अग्नी इनकर्पोरेट प्रालिले बिक्री गर्दै आएको बीई सिक्सको मूल्य ५७ लाख रुपैयाँबाट सुरू हुन्छ ।

३. महिन्द्रा एक्सईभी ९

महिन्द्राको अर्को ठूलो एसयूभी एक्सईभी ९ मा पनि समान २०७ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । कम्पनीले यसको सुरूवाती भेरियन्टको मूल्य ६९ लाख रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

४. टाटा नेक्सन केथ्री

टाटा मोटर्सको अपग्रेड भएर आएको नेक्सन केथ्रीमा २०५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेको छ । सिप्रदी ट्रेडिङले यसको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

५. हुन्डाई क्रेटा ईभी 

हुन्डाईले भारतमा उत्पादन गरेको पहिलो इलेक्ट्रीक मोडल क्रेटा ईभीमा २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिइएको छ । उक्त ग्राउण्ड क्लियरेन्स पेट्रोल क्रेटाकोभन्दा धेरै हो । क्रेटा ईभीको सुरूवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

६. जेको जे सिक्स

चिनियाँ कम्पनी चेरीको न्यू इनर्जी ब्राण्ड जेकोमा आएको पहिलो एसयूभी जे सिक्समा पनि २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । एसपीजी अटोमोबाइलले बिक्री गर्ने जे सिक्सको मूल्य ६५ लाख ९९ हजार तोकेर बिक्री गर्दै आएको छ ।

७. बीवाइडी एटो टु

बीवाइडीले केही महिना अगाडि मात्रै नेपालमा उपलब्ध गराएको एसयूभी एटो टुमा पनि २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिइएको छ । साइमेक्स इंक आधिकारिक बिक्री सुरू गरेको एटो टुको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ छ ।

८. लीपमोटर सी–१०

लीपमोटर सी-१० एसयूभी पनि धेरै अग्लो ग्राउण्ड क्लियरेन्स भएको एसयूभीमा पर्छ । यसमा १९० एमएम अग्लो ग्राउण्ड क्यिरेन्स छ । साँग्रिला मोटर्सले यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गरिरहेको छ ।

९. टाटा पन्च ईभी

सिप्रदी ट्रेडिङले निकै राम्रो संख्यामा बिक्री गर्दै आएको टाटा पन्च ईभीमा १९० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । कम्पनीले लङ रेन्ज मोडलको पन्च मात्रै अहिले उपलब्ध गराएको छ । जसको मूल्य ३८ लाख ९९ हजार रुपैयाँबाट सुरू हुन्छ ।

१०. सेरेस थ्री

एमएडब्लू  वृद्धि मोटर्सले बिक्री गर्दै आएको सेरेर थ्रीमा पनि १९० एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । कम्पनीले सेरेस थ्रीको प्रिमियम भेरियन्ट मात्र बिक्री गरिरहेको छ । सेरेर थ्रि प्रिमियमको मूल्य ४८.८७ लाख रुपैयाँ रहेको छ ।


Back_to_top