कात्तिकमा मापसेका कारण २५० सवारी दुर्घटना, कुन प्रदेशमा कति ?

काठमाडौं । कात्तिक महिनामा मादक पद्धार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउँदा देशभर २५० सवारी दुर्घटना भएका छन् ।

नेपाल प्रहरीको तथ्यांक अनुसार उक्त दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने ३७५ जना घाइते भएका छन् ।

मापसेका कारण सबैभन्दा धेरै सवारी दुर्घटना लुुम्बिनी प्रदेशमा भएका छन् । मापसेका कारण कात्तिकमा लुम्बिनीमा १०३ वटा सवरी दुर्घटना भएका छन् । जसमा परी ७ जनाले ज्यान गुमाएका छन् भने १६३ जना घाइते भएका छन् ।

त्यस्तै, मापसेका कारण काठमाडौं उपत्यकामा ५७ वटा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ७४ जना घाइते भएका छन् ।

त्यसैगरी, कोशी प्रदेशमा ४१ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् । मधेशमा २० दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

गण्डकीमा ४ दुर्घटना हुँदा ६ घाइते, सुदूरपश्चिममा ७ दुर्घटना हुँदा ११ जना र कर्णालीमा ६ दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीको तथ्यांक छ ।


Back_to_top