इनड्राइभको प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनमा हरिले जिते ईभी गाडी

काठमाडौं । इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनको विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ । कम्पनीले एक कार्यक्रममा बीच विजेताहरूलाई पुरस्कार प्रदान गरेको हो ।

कम्पनीले यस क्याम्पेन अन्तर्गत चालकहरूलाई साप्ताहिक च्यालेन्ज, रोमाञ्चक पुरस्कारहरू र दुई मेगा ग्रान्ड पुरस्कार दिएको हो । यो क्याम्पेन इनड्राइभका सबैभन्दा प्रतिबद्ध ड्राइभर पार्टनर्सलाई पहिचान गर्न र पुरस्कृत गर्न डिजाइन गरिएको थियो ।

कम्पनीका अनुसार मेगा ग्रान्ड पुरस्कार (क्याब ड्राइभर श्रेणी)मा हरि पाण्डेले जितेका छन् । उनले टाटाको एक्सप्रेस टी ईभी पाएका हुन् ।

टिभिएस रेडर (बाइक (मोटो) राइडर श्रेणीको विजेता आकाश तामाङ भएका छन् ।

त्यस्तै, साप्ताहिक पुरस्कार अन्तर्गत १५ जनाले वनप्लस नर्ड सिई४ लाइट फाइभजी स्मार्टफोन, ३० जनाले अल्टिमा एटम १९२ इयरबड र ३० जनाले अल्टिमा नोभा प्रो स्मार्टवाच पाएका छन् ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जीमी राईले विजेताहरूलाई बधाई दिँदै ड्राइभर पार्टनर्सहरू नेपालमा इनड्राइभको सफलताको आधार रहेको बताइन् ।

‘हाम्रा ड्राइभर पार्टनर्सहरू नेपालमा इनड्राइभको सफलताको आधार हुन् । यो अभियान उनीहरूको प्रतिबद्धता, व्यावसायिकता र उनीहरूले हरेक दिन खेल्ने महत्वपूर्ण भूमिकालाई मान्यता दिने हाम्रो कदम हो । इनड्राइभमा, हामी छनोटको स्वतन्त्रताको पक्षमा छौं, र हाम्रो निष्पक्ष र पारदर्शी मूल्य निर्धारण मोडेलले चालक र यात्रु दुवैलाई फाइदा पुर्याउने कुरा सुनिश्चित गर्दछ । हामी हाम्रो कम्युनिटी पार्टनर्सलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं । सबै विजेताहरूलाई बधाई छ, र हाम्रो मिशनलाई अगाडि बढाउनुभएकोमा धन्यवाद । हामीले अघिल्लो पटक वाचा गरेझैं, हामी हाम्रा ड्राइभर पार्टनर्सहरूका लागि ठूलो र उत्कृष्ट अभियान लिएर आएका छौं । हाम्रा सबै विजेताहरूलाई बधाई छ, तपाईंको समर्पणले हाम्रो अभियानलाई अगाडि बढाउँछ । हामी हाम्रा चालकहरूलाई स्वतन्त्रता, निष्पक्षता र समर्थनका साथ सशक्त बनाउन प्रतिबद्ध छौं,’ उनले भनिन् ।


Back_to_top