१० मिनेट पन्च ईभी चलाएर हेर्दा…

काठमाडौं । टाटा पन्च ईभीलाई मैले झण्डै १० मिनेट चलाएर हेर्ने मौका पाए । १० मिनेटको अवधिमा चलाएर गाडी कस्तो छ भन्ने टिप्पणी गर्दा धेरै कुरा ‘हाइपोथेटीकल’ हुन सक्छ । तर, सामान्य आँखाले हेर्ने र त्यसलाई फिल गर्ने कुरा भने यथार्थ नै हुन्छ ।

टाटाको शोरुमबाट नर्भिक हस्पीटल, बबरमहल हुँदै पुनः टाटाको शोरुमसम्म यसलाई मैले चलाए । यसलाई चलाउँदा मैले पहिलो सोचेको विषय यसको बनोट र क्वालिटी हो । निकै स्मार्ट स्टेरिङ ह्वील, फ्याट फ्लोर, नयाँ प्योर ईभी प्लेटफर्म र स्मार्ट ड्यासबोर्डले नलोभ्याउने कुरै छैन ।

सिप्रदीका प्यासेन्जर यूनिटका थुप्रै साथीहरु हुनुहुन्थ्यो । उहाँहरुको पहिलो प्रश्न थियो पन्च कस्तो छ ? मैले गाडी रोकेर ओर्लदै भने, ‘टाटाको अहिलेसम्मकै उत्कृष्ट इलेक्ट्रीक गाडी ।’

ह्याण्डलिङमा नयाँ किसिमको प्लेजर पाइने पन्च ईभी प्लेटफर्म, फिचर र टेक्नोलोजीमा ब्यापक सुधार भएर आएको पाए । त्यसलाई सिप्रदीको टिमले पनि हो भन्ने कुरा तथ्यगत रुपमा बुझाए ।

नयाँ पन्च लुक्समा एसयूभी, ड्राइभिङ फिलमा एसयूभी र रोड प्रेजेन्समा एसयूभी लाग्छ । अगाडिको ग्रिलमा प्रयोग गरेको कनेक्टेड एलइडी लाइटदेखि पछाडिको ढाेकामा दिइएको हिडन ह्याण्डलबारसम्म टाटाको नयाँ प्रयोग हो ।

मैले चलाएको पन्च एलआर भेरियन्ट थियो । तर, थोरै ड्राइभ गरेको कारण यसको रेन्जका विषयमा केही लेख्न सकिएन । ३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर बलियो लाग्छ । टप भेरियन्टमा मात्रै उपलब्ध ३६० डिग्री क्यामेरा छ ।

अन्त्यमा, छोटो ड्राइभमा गाडीको ओभरअल पर्फमेन्सको विषयमा केही बताउन नसकिएपनि नयाँ सेग्मेन्टमा इन्ट्री गरेको पन्च ईभी टाटाको अहिलेसम्मकै उत्कृष्ट ईभी हो भन्न धेरै कुरा बुझिरहनु पर्दैन ।


Back_to_top