दिपलको पोखरामा नयाँ बिक्रेता नियुक्त

काठमाडौं । उपत्यकामा बिक्रीमा निकै राम्रो प्रतिक्रिया पाएको दिपल अब पोखरामा पनि बिक्रीको लागि उपलब्ध हुने भएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्तर्गतको हिमालय मोटरक्स प्रालि नियुक्त भएको हो ।

पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्सको शोरुममा दिपलको एसयूभी ‘एस-०७ र सेडान एल-०७’ उपभोक्ताले बुकिङ्ग गर्न सकिने छन् । नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल दिपलले पर्यटकीय नगरि पोखरामा कस्तो ब्यापार गर्छ, त्यो हेर्न भने बाँकी नै रहेको छ ।

गाडी बुकिङ्ग गर्ने ग्राहकहरुलाई एक साता भित्रै उपलब्ध गराउने कम्पनीले जनाएको छ । दिपलको एस-०७ एसयूभी इन्टेलीजेन्ट फिचर र लक्जरी क्याविनको लागि परिचित रहेको छ ।

दिपलले एस-०७को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । यसले सिंगल चार्जमा ४१० किमि रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । त्यस्तै, एल ०७ को मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

हिमालय अर्गनाईजेशन नाडाका निवर्तमान अध्यक्ष ध्रुव थापाको लगानी भएको संस्था हो ।


Back_to_top