सेन्ट्रो किन्ने सोच बनाएर बस्नु भएको छ ? पहिल्यै थाहापाउनुस् यी १० कुरा

भारतीय बजारमा हुन्डाईको प्रवेशसँगै आएको सेन्ट्रोको सफलता मापनका लागि हुन्डाईले अर्को उत्पादन पाएको छैन । तर, भारतीय बजारमा सेन्ट्रोको चार्मलाई नजिकबाट नियालेको हुन्डाईले नयाँ अवतारमा सेन्ट्रो बजारमा ल्याउने तयारी थालेको छ । सुरुमा आएको ‘टल ह्याचब्याक’ मोडललाई छाडेर कम्पनीले नयाँ सेन्ट्रो ‘स्मल ह्याचब्याक’मा ल्याउँदैछ ।

नयाँ सेन्ट्रोका १० विशेष पक्षहरू यस्ता रहेका छन्:

१. डिजाइन ग्रान्ड आई–१० बाटः ग्रान्ड आई-१० हुन्डाईको अत्याधिक रुचाइएको ह्याचब्याक कार हो । नयाँ सेन्ट्रोलाई सोही डिजानमा तयार गरिएको परिक्षणको क्रममा भेटिँदा अनुमान गरिएको छ । ग्रान्ड आई-१० को जस्तै सुप्टब्याक हेडल्याम्पको प्रयोग गरिएको छ, तर यसको बम्पर भने आई-१० भन्दा निकै भिन्न रहेको छ ।

यसमा डीएलआर लाइट टपमोडलको दिइएको छ, यसले कारलाई निकै स्पोर्टी बनाएको छ । यसको साइड डिजाइन भने ग्रान्ड आई-१० को जस्तै रहेको, तर इन्डिकेटरहरू फरक तरिकाले लगाइएको अनुमान गर्न सकिन्छ ।

२. अटोमेटिक गिएरमा पनिः यसअघि अटोमेटिकमा नआएको यो कार अब भने आउने भएको छ । कम्पनीले एएमटी अप्सन दिइएको जनाएको छ । साथै, कम्पनीले अब अन्य मोडलमा पनि एएमटी दिने जनाएको छ । अटोमेटिकमा आउनेबाहेक अन्य अटो गिएरको विषयमा कम्पनीले आधिकारीक जानकारी दिएको छैन । तर, अनुमान लगाउन सकिन्छ सेन्ट्रोको मिड र टप भेरियन्टमा अटोमेटिक अप्सन उपलब्ध हुनेछ ।

३. अपग्रेडेड १.१ लिटर पेट्रोल इञ्जिनः यसमा दिइएको १.१ लिटर पेट्रोल इञ्जिनले ५५०० आरपीएममा ६३ पीएस पावर र ३००० आरपीएममा ९६ एनएम टर्क उत्पादन गर्छ । साथै, हुन्डाईले फिउल इकोनोमीमा ध्यान दिइरहेकाले पहिलाभन्दा राम्रो माइलेज दिनेछ ।

कम्पनीले यसलाई १.२ लिटर कापा इञ्जिनमा समेत ल्याउन सक्नेछ । यो इञ्जिन अहिले ग्रान्ड आई-१० र इलाइट आई-२० मा प्रयोग गरिएको छ । यो इञ्जिनले ६००० आरपीएममा ८१ पीएस पावर र ४००० आरपीएममा ११४ एनएम टर्क उत्पादन गर्छ । केही हल्लालाई मान्ने हो भने कम्पनीले यसमा १.० लिटर कापा इञ्जिनसमेत दिन सक्नेछ ।

४. एग्रेसिभ मूल्यः अन्य प्रतिस्पर्धीको तुलनामा हुन्डाईले सेन्ट्रोको मूल्य खासै फरक निर्धारण गर्ने छैन । कम्पनीले यसको एक्स-शोरुम प्राइस तीन लाख ५० हजार भारतीय रुपैयाँदेखि ६ लाखसम्म राख्ने अनुमान गरिएको छ । अहिले इयोन यही मूल्यमा हुन्डाईको इन्ट्रीलेवल ह्याचब्याकको रुपमा रहेको छ । सेन्ट्रो कुरेर बस्ने ठूलो हिस्सा रहेको कम्पनीले आँकलन गरेको छ, तर यसलाई निकै आक्रामक मूल्यमा बजारमा ल्याउनेछ । योसँगै कम्पनीले मारुती सुजुकीसँग रहेको अल्टोको बजार हिस्सा खोस्ने अनुमान गरिएको छ ।

५. इयोनलाई रिप्लेस गर्न सक्छः अहिले तयार हुँदै गरेको सेन्ट्रो इयोन र ग्रान्ड आई-१० को बीचको सेग्मेन्ट हो । पछिल्लो दिनमा इयोनको बिक्री उल्लेखनीय हुन नसकिरहेको समयमा कम्पनीले केही समयको लागि इयोनलाई रोक्न पनि सक्छ ।

६. इन्टेरियर:  इन्टेरियरको कुरा गर्दा भारतीय बजारमा निर्माण हुने कारमा कोरियन उत्पादक हुन्डाईलाई सबैभन्दा अब्बल मानिन्छ । उसका हरेक उत्पादन अन्य कम्पनीको एउटै लाइनअपमा उत्पादन भएका कारभन्दा निकै माथि रहने गरेको छ । सेन्ट्रोमा अधिकांश फिचरहरू ग्रान्ड आई-१० बाट लिइएको छ । अझ केही फिचरहरू थप गरिएको छ । टचस्क्रिन इफोटेन्टमेन्ट सिस्टम, क्लाइमेट कन्ट्रोल, मल्टीफङ्सनिङ स्टेरिङ ह्वील, इलेक्ट्रीक ओभीआरएम, किलेस इन्ट्री, अलोय ह्वील, कोल्ड ग्लोभ बक्स, पावर विन्डोज, रियर वााइपर, स्पोयलरलगायतका फिचरहरू यसमा रहेका छन् । यी सबै फिचरहरू सेन्ट्रोको टप भेरियन्टमा उपलब्ध हुनेछन् ।

७. दिपावलीको उपहारः अहिले हुन्डाईले यसलाई सडकमा परीक्षण गरिरहेको छ । यसलाई चार्डपर्वको अवसर पारेर सार्वजनिक गर्ने तयारीमा कम्पनी रहेको कुराहरू बाहिर आइरहेको छ । भारतीय बजारमा दीपावलीको अवसरमा कार किन्नेहरूको ठूलो हिस्सा हुने हुँदा यसलाई त्यही मौकामा सार्वजनिक गर्ने तयारी गरिएको अनुमान लगाउन सकिन्छ ।

८. मुख्य प्रतिस्पर्धा टाटा टियागो र रेनो क्वीडः होन्डाई सेन्ट्रोको मुख्य प्रतिस्पर्धा टियागो र क्विडसँग हुने अनुमान गरिएको छ । यी दुबै उत्पादन भारतीय बजारमा राम्रो बिक्री भइरहेका छन् । यी दुबैको अटोमेटिक भेरियन्टको बिक्री निकै राम्रो रहेको छ । त्यसैले पनि सेन्ट्रोलाई कम्पनीले एटीएममा ल्याउँदैछ । त्यतिमात्रै होइन, सेन्ट्रोले मारुती सुजुकी सेलेरियोको इन्ट्री लेवल मोडको व्यवसायमा पनि धक्का दिनेछ ।

९. आकर्षक इन्टेरियरः नयाँ सेन्ट्रो अघिल्लो जेनेरेसनको आई-१० भन्दा ठूलो रहेको छ । त्यसैले यसमा बुट स्पेश निकै धेरै रहने अनुमान गर्न सकिन्छ । ठूलो स्पेश रहेकाले ड्यासबोर्डदेखि सबै ठाउँलाई उत्कृष्ट बनाएको छ ।

१०. एबीएस र एयरब्यागः धेरै जसो कम्पनीले एबीएस र एयरब्यागलाई स्टाण्डर्ड भेरियन्टमा मात्रै दिने गरेका छन् । अब चाँडै नै लागू हुन लागेको सेफ्टीसम्बन्धी नियमले एबीएस र एयरब्यागलाई अनिवार्य गर्न लागे पनि हुन्डाईले सेन्ट्रोमा यी सुविधा दिएको छ । अनुमान लगाउन सकिन्छ, सेन्ट्रोमा दुई एयरब्याग दिइएको हुनेछ । यी सबै फिचरकासाथ यसको बढी क्वालिटी निकै बलियो हुने अनुमान लगाउन सकिन्छ ।


Back_to_top