वार्षिक ७ लाख ५ हजार यूनिट कार उत्पादन गर्दै मारुती सुजुकी

काठमाडौं । भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीले गुजरातमा रहेको आफ्नो प्लान्टमा वार्षिक थप सात लाख ५० हजार कार उत्पादन गर्ने योजना बनाएको छ । २०२० सम्ममा तीन प्रोडक्सन लाइनबाट उक्त संख्यामा सवारी उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।

२०२० पछि मारुती सुजुकीको गुजरात प्लान्टबाट वार्षिक २२ लाख ५० हजार सवारी उत्पादन हुनेछ । हाल भारतको आन्तरिक बजारमा प्यासेन्जर भेइकल सेगमेन्टमा मारुती सुजुकीको बजार हिस्सा ५० प्रतिशत हाराहारी रहेको छ । २०२० पछि यो अझ विस्तार हुने विश्वास कम्पनीको छ ।

गुजरात प्लान्टको पहिलो लाइनमाबाट वार्षिक दुई लाख ५० हजार युनिट उत्पादन भइरहेको छ । त्यस्तै, यो वर्षको अन्त्यसम्ममा दोस्रो लाइनबाट पनि त्यति नै संख्यामा उत्पादन हुने मारुती सुजुकी इन्डियाका सीईओ किनिची अयोकवाले बताए । गुजरात प्लान्टमा २०२० सम्ममा तेस्रो लाइनसमेत सुरु गर्ने उनको भनाई छ । उनकाअनुसार तेस्रो लाइनका लागि मारुती सुजुकीका लागि पाँचदेखि ६ हजार कामदार आवश्यक पर्नेछ ।


Back_to_top