टिभिएस मोटर कम्पनीले वेस्टर सेलर टु हुइलर एक्सएल १०० को नयाँ भ्यारियन्ट भारतीय बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीले टिभीएस एक्सएल १०० आइ –टच स्टार्टको मुल्य ३६ हजार १ सय ९ भारु निर्धारण गरेको छ । यसमा इलेक्ट्रिक स्टार्टर, एसयुबी चार्जर र नयाँ कलर अप्शन दिइएको छ ।
टिभीएस एक्स एल आई–टच स्टार्ट मोपेड हेबी ड्युटीमा आधारित मोडेल हो । यसमा डेटायम रनिंग लाइट्स दिइएको छ भने, स्प्लिटको सिट लगाइएको छ । स्प्लिट सिटमा राखिएको पिलीयन सिट हटाई अन्य सामान राख्नसमेत सकिने छ ।
नयाँ पर्पल पेन्ट स्किमको साथै रातो, हरियो, खैरो, नीलो र कालो रंगमा उपलब्ध छन् । यसमा ९९ सिसी क्षमताको सिंगल सिलिन्डर लगाईएको छ, जसले ४.३ बिएचपी पावर दिन्छ भने ६.५ न्युटन मिटर टर्क उत्पादन गर्छ ।
इन्जिनमा सिंगल स्पिड गियरबक्स लगाइएको छ । यसको हाई स्पिड क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ भने,प्रतिलिटर ६७ किलोमिटर माइलेज दिने छ । यसको फ्रन्टमा टेलिस्कोप फक्स र पछाडि हाइड्रोलिक शक लगाइएको छ भने यसको तौल जम्मा ८० किलोग्राम रहेको छ ।