काठमाडौं । टाटा मोटर्सले प्यासेन्जर कार बजारमा आफ्नो उपस्थिति क्रमिक रुपमा विस्तार गर्दै लाने नीति लिएको देखिन्छ । त्यही योजना अनुरुप आगामी एक वर्ष भित्रमा कम्पनीले ८ नयाँ कार बजारमा ल्याउने तयारी गरेको छ ।
टाटाले आफ्नो नयाँ कारको रुपमा टियागो ह्याचब्याक गत वर्ष बजारमा ल्याएको थियो । त्यस पछि हेक्जा, टिगोर र नेक्सन बजारमा ल्यायो ।
त्यस्तै टाटा मोटर्सले दुई प्रिमियम एसयुभी एच५एक्स कन्सेप्टमा बनाइ रहेको छ । टाटाले भारतीय तथा अन्तर्राष्ट्रिय बजारका लागि सेडान कारसमेत डिजाइन गरि रहेको छ । उक्त सेडान कार इभिजन कन्सेप्टमा आउने छ जुन केही महिना अघि जेनेभा मोटर शोमा सार्वजनिक गरिएको थियो ।
इभिजन कन्सेप्टमा बन्न लागेको कारमा सानो हेडल्याम्प हुनेछ । भिन्न डिजाइनको हुने अनुमान गरिएको यो कार रेन्ज रोभरबाट प्रभावित हुने छ । इभिजन कन्सेप्ट कारमा डिजिटल इन्ट्रुमेन्ट क्लस्टर हुने छ । टच स्क्रिन सिस्टम हाइब्रिड हुनेछ । प्रिमियम कारको अनुभुति दिन टाटाले उड क्रस ड्याबोर्ड राख्ने जनाएको छ । टाटाले नयाँ डिजाइन थिममा उत्पादन बजारमा ल्याउने छ ।
टाटा इभिजन कन्सेप्ट ओमेगा इभी प्लेटफर्ममा बन्ने छ तर कम्पनीले हालसम्म कुनैपनि कुरा सार्वजनिक गरेको छैन । इभिजन कन्सेप्टमा बन्ने कार शून्य १ सय किलोमिटरको गती ७ सेकेन्टमा तय गर्न सक्ने र २ सय किलोमिटरको अधिकतम गती हुने छ । सँगै इभिजनका कार डिजेल तथा पेट्रोल दुवै इन्जिनमा उपलब्ध हुने छ ।
नयाँ कारमा हाल नेक्सनमै प्रयोग गरिएको इन्जिनमा आधारीत हुने अनुमान गरिएको छ । इभिजन कन्सेप्टमा बन्ने कारले होन्डा सिटी, हुन्डाइ भर्ना र मारुती सुजुकी सियाजसँग प्रतिस्पर्धा गर्ने छ । यो कार २०१९ मा सार्वजनिक हुने र यसको मूल्य ९ देखि १२ लाख भारु पर्ने अनुमान गरिएको छ ।
टाटा मोटर्सले एक बर्ष भित्र ल्याउने तयारी गरेका कारहरु
१. टाटा टिगोर स्पोर्ट जेपीटी
२. टाटा४५एक्स प्रिमियम ह्याचब्याक
३. टाटा मोटर्स सि–सेग्मेन्ट सेडान
४. टाटा एच५एक्स
५. टाटा टिगोर जेपीटी
६. टाटा एच७एक्स
७. टाटा जेष्ठ फेसलिफ्ट
८. टाटा पेलिकन