चैतमा नेपाल आयो १ हजार ७२ युनिट कार

फाइल तस्बिर

काठमाडौं । चैत महिनामा १ हजार ७२ युनिट कार आयात भएको छ । एक महिनाको अवधिमा विद्युतीय र पेट्रोलियम पदार्थबाट चल्ने दुवै कार उक्त संख्यामा भित्रिएका हुन् ।

एक महिनाको अवधिमा ८२४ युनिट विद्युतीय कार आयात हुँदा पेट्रोल कारको आयात २४८ युनिट भएको छ । जुन आयात रेसियोमा ईभीको हिस्सा ७६.८६ प्रतिशत हो । पेट्रोलियम पदार्थबाट चल्ने साधनको हिस्सा केबल २३.२४ प्रतिशत मात्रै छ ।

चैतमा पनि सबैभन्दा धेरै ईभी एसयूभी नै आयात भएका छन् । एसयूभी सेग्मेन्टमा ७७२ युनिट गाडी आयात हुँदा ह्याचब्याक कार १८६ युनिट र सेडान कार १२४ युनिट आयात भएको देखिन्छ । मल्टी पर्पस भ्यान भने आयात नै भएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उच्च वृद्धि हुँदा पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात अत्यन्त न्यून भएको देखिन्छ । जबकी इलेक्ट्रीक भेहिकल भने आफ्नै रफ्तारमा छन् ।


Back_to_top