ड्याट्सन र निसान गाडी किन्ने मध्येबाट पुरस्कार बिजेता छनोट

काठमाडौं । ड्याट्सन र निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले दशैंतिहारको उपलक्ष्यमा संचालन गरेको निसानका गाडी किन्नेलाई अफर गरेको फेस्टीभ ड्राइभ र ड्याट्सनको हट डिलका विजेता छनोट गरेको हो ।

कम्पनीले नाडा अटो शो २०१९ देखि कात्तिक मसान्तसम्म संचालनमा ल्याएको थिाय । उक्त योजनामा २१० जना ग्राहकले निसानको गाडी किनेका थिए ।

त्यसमध्ये १५ जना भाग्यसाली विजेताको नाम सार्वजनिक गरिएको हो । निसानको थापाथलीमा रहेको शोरुममा लक्की ड्र विजेताको नाम घोषणा गरिएको थियो। विजेतामध्ये ५ जनाले सुनको सिक्का र १० जोडीले मलेसिया घुम्न जान पाउने भएका छन् ।

त्यसैगरी ड्याट्सन हट डिल योजना अन्तर्गत भाग्यशाली १० जोडीले थाइल्याण्ड भ्रमणका लागि तथा ५ जना भाग्यशाली ग्राहकहरुले १० ग्रामको सुनको सिक्का जितेका छन् ।


Back_to_top