ट्राफिक नियम नमान्ने सांसद तिवारीलाई २१ हजार जरिवाना

एजेन्सी । सवारी नियम उल्लङघन गरेका सासंदलाई प्रहरीले २१ हजार जरिवाना गरेको छ । भारतीय जनता पार्टीका नेता तथा भोजपुरी अभिनेता तथा गायक मनोज तिवारीले दिल्लीमा हेलमेट विना नै मोटरसाइकल चलाउँदा २१ हजार भारतीय रुपैयाँ जरिवाना गरेका हुन् ।

भाजपाका इकाई प्रमुख रहेका तिवारीले दिल्लीमा ७५ औं स्वतन्त्रता दिवसका दिन एक कार्यक्रममा सहभागी हुने क्रममा हेलमेट नलगाई मोटरसाइकल चलाएका थिए ।

उक्त कार्यक्रममा तिवारीले रोयल इनफिल्ड मोटरसाइकल चलाएका थिए । हेलमेट विना नै मोटरसाइकल चलाएका उनले प्रहरीसामु माफिसमेत मागेका थिए । उनलाई प्रहरीले २१ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

उनले सोसल मिडियामा उक्त घटनाको तसिवर राख्दै आफुबाट गल्ती भएको बताएका छन् । उनि लेख्छन् ‘आज हेलमेट नलगाई मोटरसाइकल चलाएकोमा धेरै दुःख लागेको छ । जरिवाना भुक्तान गर्नेछु ।’

उनले आफुले गल्ती गरेको स्विकार गर्दै अन्य चालकलाई विना हेलमेट दुई पाङ्ग्रे साधन नचलाउ आग्रह गर्दै उनले लेखेका छन्, ‘सुरक्षित तरिकाले सवारी साधन चलाऔ परिवार र साथीका लागि तपाईको जरुरत छ ।’

उनलाई हेलमेट नगलाई मोटरसाइकल चलाएको, लाइसेन्स नभएको, प्रदुषण र हाई सिक्यिुरिटी नम्वर प्लेट नलागएको भन्दै कारवाही गरिएको थियो ।


Back_to_top