यही महिना बजारमा आउँदै ‘नयाँ जेनेरेशन पल्सर १५०’

काठमाडौं । बजाज मोटरसाइकलको सर्वाधिक सफल मोडल पल्सर १५० को नयाँ जेनेरेशन मोडल यही अगस्ट महिनामा सार्वजनिक हुने भएको छ । बजाजले पल्सर २५० मा आधारित रहेर नयाँ जेनेरेशन मोडल धमाधम बजारमा ल्याइरहेको समयमा अब पल्सर १५० आउन लागेको हो ।

नेपालमा पनि सर्वाधिक विक्री हुने मोटरसाइकल बजाज पल्सर १५० मोडल हो । विगत धेरै वर्षदेखि वार्षिक २५ देखि ३५ हजार यूनिटको बीचमा पल्सर १५० नेपालमा विक्री हुँदै आएको छ । यस्तोमा नयाँ जेनेरेशन मोडलको चासो नेपालमा पनि बढ्नु स्वभाविक हो ।

बजाज अटोले नयाँ जेनेरेशन पल्सर १५ को सडक परिक्षण गरिरहेका तस्विरहरु यसअघि नै बाहिर आएका थिए । ती तस्विर बाहिर आएसँगै नयाँ पल्सर १५० चाँडै आउने चर्चा सुरु भएको थियो ।

बजाजले १५० पल्सरमा पनि पल्सर एफ २५० र एन २५० बाट प्रेरित रहेर धेरै फिचर प्रदान गरेको छ । जुन पल्सर १५० को सिटबाटै देख्न पाइन्छ । नयाँ परिक्षण भइरहेको पल्सर १५० मा स्प्लीट सिट, स्प्लीट पिलियन ग्राबरेल, नयाँ अलोय ह्वील जस्ता देखिने फिचर पल्सर २५० बाट लिएको देखिन्छ ।

नयाँ पल्सरमा अगाडि २८० एमएमको डिस्क ब्रेक, ‘उल्फ आई’ डिएलआर, एलइडी टेललाइट पनि पल्सर २५० बाट प्रेरित रहेको छ । कम्पनीले नयाँ पल्सर १५० मा सिंगल सिलिण्डर एयरकुल्ड इन्जिन दिनेछ ।


Back_to_top