स्कुटर तथा मोटरसाइकल उत्पादक कम्पनी सुजुकीले उच्च क्षमताका स्कुटर उत्पादन गर्ने घोषणा गरेको छ । कम्पनीले भारतीय बजारलाई लक्षित गर्दै नयाँ उत्पादनसँगै १२५ सीसी सेग्मेन्टका स्कुटरलाई अपग्रेड गर्ने तयारी गरेको हो ।
उक्त योजना अनुरुप कम्पनीले १५० सीसी भन्दा बढी क्षमता बोकेका स्कुटरको निर्माण गर्ने विज्ञप्तीमा उल्लेख गरेको छ । जसअनुरुप, वर्गम्यान स्ट्रिटको परिमार्जित संस्करणलाई १८० सीसी इन्जिनमा ल्याउने कम्पनीले जनाएको छ ।
बर्गम्यान ४००को डिजाइन, लुक्स तथा फिचरका आधारमा निर्माण हुने यो स्कुटरमा बीएस ६ मापन्दड अनुरुपको इन्जिन लगाइने भएको हो ।
यसमा उपलब्ध सिंगल सिलिन्डर एयर कुल्ड इन्जिनले आकर्षक आउटपुट प्रदान गर्ने अपेक्षा लिइएको छ । उक्त इन्जिन फ्युल इन्जेक्शन प्रणालीमा आधारित हुने कम्पनीले जनाएको छ ।
यो स्कुटरमा फुल एलइडी हेडलाइट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, लार्ज अन्डर सिट स्टोरेज, फ्रन्टमा ग्लोबबक्सको फिचर दिइने भएको छ । स्कुटरमा आकर्षक ब्रेकिङका सस्पेन्सेन सेटअप, फ्रन्ट र रियरमा डिस्क ब्रेक लगाउने कम्पनीको योजना छ ।
उक्त स्कुटरमा एबीएसको फिचर प्रदान गरिने भएको छ भने, फ्रन्टमा कन्भेक्शनल फर्क र रियरमा सिंगल साइडेड स्प्रिङ मनोशक लगाउने कम्पनीले जनाएको छ ।
यो स्कुटर २०२१ मा मात्रै बजारमा आउने सुजुकीले उल्लेख गरेको छ । यसका साथै, कम्पनीले १२५ सीसी सेग्मेन्टका अन्य स्कुटरलाई समेत अपग्रेड गर्ने योजना बनाएको छ ।

