२०१९ मा सर्वाधिक बिक्री भएका १० मोडल, सेडान कार अगाडि

काठमाडौं । दक्षिण एसियाली बजारमा सेडान कारको बिक्री क्रमिकरुपमा घट्दै गएको भएपनि विश्व बजारमा सेडान कारको बिक्री अझै निकै राम्रो रहेको तथ्यांकले देखाएको छ ।

सन् २०१९ मा टोयोटा कोरोलाको बिक्रीमा ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने होन्डा सिभिकको बिक्री खासै घटेको छैन । त्यस्तै टोयोटा क्याम्रीको बिक्रीमा ३ प्रतिशतले बढाएको छ । यसले विश्वमा अहिलेपनि सेडान कारको माग उच्च रहेको देखाउने अटो पण्डितहरुले बताउने गरेका छन् ।

टोयोटा कोरोला सन् २०१९ मा १२ लाख ३६ हजार ३८० यूनिट बिक्री भएको छ ।


Back_to_top