मारुती ८०० इलेक्ट्रीक !

काठमाडौं । कार मानिसको सपना हो । त्यसैले त अहिले विश्वभर गाडी निर्माताले भविष्यमा कस्तो कार बनाउने भनेर बालबालीकालाई चित्र कोर्न लगाउने गरेका छन् । यी कलिला हात र सोचले भविष्यको कार कल्पना गर्छन् । त्यसलाई कम्पनीहरुले पनि आफ्नो लक्ष्यमा समावेश गर्ने गरेका छन् ।

यस्तोमा भारतीय मुलका रामशेखर दास नामक डिजाइनरले भविष्यमा मारुती सुजुकीले आफ्नो चर्चित कार मारुती ८०० लाई इलेक्ट्रीक कार कसरी बनाउने भनेर एक डिजाइन ल्याएका हुन् ।

करिव ३६ वर्षअघि बजारमा आएको मारुती ८०० कम्पनीले अहिले बन्द गरेको छ । रामशेखर दासले मारुती ८०० नेमप्लेटमा इलेक्ट्रीक कार बजारमा ल्याउने हो भने यसले भारतीय उपभोक्ताको मनमा नयाँ भावना पैदा गर्न सकिने बताएका छन् ।

उनले अहिले भारतमा इलेक्ट्रीक भेहिकलले खासै चर्चा नपाए पनि मारुती ८०० इलेक्ट्रीकमा आउने हो भने यसले भारतीय उपभोक्तको मन जित्ने दाबी गरेका छन् ।

उनले मारुती सुजुकीलाई इलेक्ट्रीकमा कस्तो बनाउन सकिन्छ भनेर स्केच तयार पारेका छन् । उनले डिजाइन गरेको कारले सिंगल चार्जमा १३० किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

उक्त कारमा फिंगरप्रिन्ट स्क्यानर र फेस रिकग्निसन लगायतका उच्चतम प्रविधि यसमा सामेल हुने कल्पना गरिएको छ ।

उनको कल्पना जस्तै मारुती सुजुकीले मारुती ८०० लाई इलेक्ट्रीकमा ल्याउने हो भने यसले कस्तो बजार पाउने छ भन्ने विषयमा अहिल्यै अनुमान गर्नु बेकार हुने छ ।


Back_to_top