काठमाडौं । टीभीएसको रेसिङ टीमले ‘२०२१ इन्डियन नेशनल र्याली च्याम्पेनसीप’ जितेको छ । टीभीएस आरटीआर ४५० डर्ट मोटरसाइकल यो रेसमा प्रयोग भएको थियो । यसलाई अब्दुल वाहिद तन्भीरले चलाएका थिए ।
यो प्रतियोगीतामा विभिन्न सेग्मेन्टका मोटरसाइकल तथा स्कुटरको प्रयोग भएको थियो । टीभीएसले आफ्नो आरटीआर २०० र एनटर्क १२५ लाई पनि समावेस गरेको थियो ।
टीभीएसले भाग लिएको सबै समूहमा प्रतियोगीता जित्न सफल भएको थियो । आरटीआर २०० लाई ऐश्वर्या प्यसीले चलाएका थिए भने कार्तिक नायडुले एनटर्क चलाएका थिए । यी दुबैले टाइटल जित्न सफल रहे ।
रेसिङ डिएनए भनेर भारतमा प्रसिद्ध टीभीएसले प्रतियोगीताको सबै समूहमा बिजेता बनेर ‘क्लीन स्वीप’ गरेको हो ।


