यामाहा MT 15 को २०२१ मोडल सार्वजनिक

काठमाडौं । यामाहाले आफ्नो एमटी १५ को २०२१ मोडल सार्वजनिक गरेको छ । कम्पनीले दक्षिण–पूर्वी एशियामा विक्री हुने एमटी १५ को नयाँ भर्सन कम्पनीले थाइल्याण्डबाट सार्वजनिक गरेको हो ।

यामाहा एमटी १५ को नेपालमा विक्री हुने भर्सनमा कन्भेन्सनल टेलिस्कोपिक फर्क दिएको भएपनि एशियन भर्सनमा अपसाइड डाउन फर्कको प्रयोग गरिएको छ । कम्पनीले २०२१ मोडलमा नयाँ कलर अप्सन थप गरेको छ ।

कम्पनीले एमटी ०९ मा प्रयोग भएको मेटालिक ग्रे, रेसिङ ब्ल्यू र म्याट ब्ल्याक कलर अप्सन थपिएको छ । यसमा पहिलेको भन्दा ठूलो एमटीको लोगो प्रयोग गरिएको छ ।

नेपालमा एमएडब्ल्यू इन्टरप्राइजेजले विक्री वितरण गर्दै आएको एमटी १५ प्रिमियम मोटरसाइकलको रुपमा विक्री हुँदै आएको छ ।
यामाहा एमटी १५ मा १५५ सीसी क्षमताको इन्जिन रहेको छ । यामाहाको भिभिए टेक्नोलोजीको साथ लिक्विड कुल्ड एफआई इन्जिनको प्रयोग भएको छ ।

नेपाली बजारमा अहिले यामाहा एमटी १५ को मूल्य ४ लाख ४२ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top