आयो २०२३ टाटा ह्यारीयर, यस्ता छन् फिचर

काठमाडौं । टाटा मोटर्सले २०२३ मोडल ह्यारीयर एसयूभीको बुकिङ खुल्ला गरेको छ । कम्पनीले नयाँ फिचर्स र इन्टेरियर अपडेट गर्दै भारतमा नयाँ ह्यारीयरको बुकिङ खुल्ला गरेको हो ।

नयाँ ह्यारीयरमा बाहिरी परिवर्तन खासै भएको छैन । यसमा ग्लास एरियामा क्रोम फिनिस पाउन सकिन्छ । यो एसयूभीमा १७ इन्चको डायमण्ड कट अलोय ह्वील, थ्रीडी एलइडी टेलल्याम्प लगायतका फिचर दिइएको छ ।

यसको इन्टेरियरमा भने व्यापक सुधार गरिएको छ । सिटमा ब्राउन पर्फोरेटेड लेदरको प्रयोग भएको छ । कारको ड्यासबोर्डमा ओक इन्सर्ट्स दिइएको छ । ओक ब्राउन थिममा नै डोर प्यानल दिइएको छ ।

टाटा ह्यारीयर एसयूभीको अगाडिको भागमा ७ इन्चको फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, इन्फोटेन्मेन्ट टच स्क्रिन, जेबीएलको ९ स्पीकर अडियो सिस्टम समावेश छन् ।

अघिल्लो ह्यारीयरको तुलनामा यसमा आइआरए कनेक्टेड कार सुइट दिइएको छ । जसले जियोफेन्सिङ, रिमोट कमान्ड लगायतका सुविधा प्रदान गर्छ ।

नयाँ ह्यारीयरको सबैभन्दा ठूलो अपडेट लेभल २ एडीएएस रहेको छ । यसले फरवार्ड कोलाजिन वार्निङ, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ट्राफिक साइन रिकग्निसन, हाइ बिम एसिस्ट ल्यान्ड डिपर्चार वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज अलर्ट र रियर कोलाजिन वार्निङ प्रदान गर्छ ।

पफर्मेन्समा भने टाटा २०२३ ह्यारियरमा पुरानै क्र्योटेक १७० डिजेल इन्जिन दिइएको छ । यसले १६७ हर्स पावर र ३५० एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड अटोमेटिक ट्रान्समिसन दिइएको छ ।


Back_to_top