पुरानै मूल्यमा नयाँ मोडल सेगवे ई १०० स्कुटर, ३० हजार छुट पाइने

काठमाडौं । अमेरिकी इलेक्ट्रीक स्कुटर ब्राण्ड सेगवेको ई १०० को नयाँ मोडल नेपाल भित्रिएको छ ।

नेपालका लागि सेगवेको आधिकारिक बिक्रेता आइहब प्रालिले नयाँ मोडल सेगवे ई १०० स्कुटर भित्र्याएको हो ।

आइ हबले पुरानै मूल्यमा नयाँ मोडल स्कुटरको बिक्री सुरू गरेको हो । कम्पनीले सेगवे ई १०० स्कुटर २ लाख ९१ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ ।

सेगवे ई १०० स्कुटरमा २.४ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यो मोटरले १५० एनएम टर्क जेनेरेट गर्छ भने यसको टप स्पीड ५८ किलोमिटर प्रतिघण्टा रहेको छ ।

ई १०० स्कुटर सुरक्षाको हिसाबले अत्याधुनिक प्रविधिको रहेको छ । सेगवे ई १०० चालक नबसेसम्म स्टार्ट हुँदैन । त्यसैगरी स्कुटरको स्ट्याण्ड नउठाउँदासम्म पनि यो स्कुटर गुडाउन सकिँदैन ।

यसमा की-लेस सिस्टम रहेको छ । सुन्दर ढंगले डिजाइन गरिएको साँचो बाहेक रिमोट कन्ट्रोलमा दुईवटा बटनहरू छन् । एउटाले स्कुटरलाई अन/अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्दछ ।

सिट कुसनको तल्लो भागमा रहेको २२ लिटर क्षमताको स्टोरेज स्पेस रहेको छ । यसमा फुल साइजको हेलमेट अथवा १३ इन्चको ल्यापटप अट्ने ब्याग अथवा सोही भोल्युमको वस्तुहरु राख्ने पर्याप्त ठाउँ उपलब्ध छ ।

यो स्कुटरमा मोबाइल चाजिङ स्लट, तीन फरक ड्राइभिङ मोड जस्ता फिचर पाउन सकिन्छ । यो स्कुटर एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

आइहबले यसअघि नेपाली बजारमा २०२३ मोडलका स्कुटर बिक्री गर्दै आएको थियो भने स्टक क्लियर भएका कारण केही समय यो स्कुटर उपलब्ध हुन सकेको थिएन । कम्पनीले २०२५ मोडल स्कुटर ल्याउँदै पुनः बिक्री सुरू गरेको हो ।

आइ हवले नयाँ मोडलको बिक्री सुरू गरेको अवसरमा विभिन्न अफरसमेत सार्वजनिक गरेको छ । कम्पनीले पहिलो ३० जना ग्राहकलाई नगद ३० हजार रुपैयाँ छुट दिने जनाएको छ भने, हरेक स्कुटरको खरिदमा स्कुटर कभर, १ वर्षको सर्भिस फ्री र हेलमेट निःशुल्क उपलब्ध गराउने बताएको छ ।

सेगवेले १९९९ देखी रोवोटिक बम डिस्पोजल रोबोट, पर्सनल रोबोट, डेलिभरी रोबोट जस्ता साधनको उत्पादन गर्दै आएको थियो । सेगवे र नाइनबटको रणनीतिक सहकार्यपछि स्कुटरको उत्पादन सुरू गरेको हो ।


Back_to_top